अजय मिश्र, कृष्णनगर ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोड बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।
भन्सार छली गरि ल्याएको कपडा वेवारिसे अवस्था मा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।