
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो ।
उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख ८६ हजार २७७ रुपैयाँ बचत गर्न सफल भएको मञ्चका कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकारी दिइन् । यसका अलावा मञ्चलाई विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानहरूबाट तीन लाख ६२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो ।
पोखराको ब्रान्ड बनिसकेको अवार्ड भव्य बनाउन कुनै कसर बाँकी नराखेको मञ्चका अध्यक्ष एव स्पोर्ट्स अवार्ड आयोजक मूल समिति संयोजक दीननाथ बरालले दाबी गरे । उनले भने, ‘पोखराको ब्रान्डको रुपमा स्थापित भइसकेको अवार्ड कार्यक्रमलाई सरकारी तथा विभिन्न सङ्घसंस्था र शुभेच्छुकहरूलाई जुन किसिमको साथ पायौँ, यो हाम्रो लागि गौरवको कुरा हो । उहाँहरूसँग आगामी दिनपनि हातेमालो गर्दै अगाडि बढ्ने छौँ ।’
अवार्ड कार्यक्रमको गरिमालाई हेरेर अझैपनि सहयोगीहरूले सघाउने प्रतिवद्धता जनाइरहेको बरालको भनाई थियो । उनका अनुसार अझै दुई लाख बढी रकम मञ्चलाई छिट्टै प्राप्त हुने क्रममा रहेको छ ।
मञ्चलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी , योमा माई मोटर्सको टेल्जी स्कुटर, सहास स्पोर्ट्स, राखेप, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, टाइगर ग्रुप अफ पोखरा, केसी ग्रुप प्रा.लि. स्व. सेनानी हेमबहादुर गुरुङको परिवार, सिटिजन फर्निचर न्युरोड, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट एण्ड बार, सहारा क्लब पोखरा, सहारा यूके, बगर भाइखलक यूके, तमुधिं यूके, परिचय एडभरटाइजिङ, सुपर मार्दी हाइड्रो पावर लगायतबाट मुख्य सहयोग रहेको अध्यक्ष बरालले बताए ।
सो अवसरमा अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिष्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिए । निवर्तमान महासचिव विजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, धनबहादुर गुरुङ, विजय नेपाली, रूपनारायण ढकाल, बालकुमारी पौडेल तारा लगायतले पोखरा स्पोर्ट्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अक्षयकोषको छुट्टै बैंक खाता स्थापना गर्न सुझाव दिँदै उक्त अभियान सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस यूनियन गण्डकी प्रदेश उपाध्यक्ष माधवप्रसाद रेग्मी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मञ्चको स्थापना दिवस र आठौँ पोखरा स्पोर्ट्स अवार्डका सम्बन्धमा भनाई राखेका थिए ।
गत वैशाख २८ गते पोखरा सभागृहमा “स्वस्थता र समृद्धिका लागि खेलकुद” नाराका साथ ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड–२०८०’ मा वर्ष उत्कृष्ट खेलाडी अवार्ड पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटिएफ तेक्वान्दो खेलाडी सुस्मिता थापामगरले जित्न सफल भएका थिए । यस्तै, वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलासा राना, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद सङ्घसंस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो । यसवर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक ईन्द्रा मल्ल सम्मानित भएकी थिइन् । यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरिएकोे थियो ।
मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्ट्स अवार्ड कार्यक्रम गर्दै आएको छ । २०५७ सालमा खेलकुदपत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै २०७५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
नेपालद्धारा पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान महासचिव विजय नेपालले मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेका छन् । उक्त अवसरमा नेपालले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, कोषाध्यक्ष कविता घर्ती मगरलाई ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
पत्रकारको हकहितको लागि स्थापना गर्न लागिएको उक्त अभियानमा सानो सहयोग गरेको नेपालले जनाए । उक्त कोषमा हालसम्म मञ्चका अध्यक्ष बरालले १० हजार, पूर्व सल्लाहकार सुर्दशन रन्जितले २५ हजार सहयोग गरेका छन् । अध्यक्ष बराल नेतृत्व टिमले १० लाख अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो । अब सो घोषणालाई पुरा गरिने बताइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया