
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएकोआगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् । कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् ।
स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख थिए ।
भण्डारणको जिम्मा पाएका श्रेष्ठले गोदामको सुरक्षा गर्न नसकेको निष्कर्षसहित छानबिन समितिले एसपी श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि सशस्त्र हेडक्वाटरले स्पष्टीकरण सोध्यो सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११८ मा सजाय दिनु पहिला स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि एसपी श्रेष्ठलाई चार वर्षसम्म बढुवा रोक्का गरिएको सशस्त्रको कानून शाखाले लाई बतायो ।एसपीको चार वर्षसम्म बढुवा रोक्ने कारबाहीको आधिकार सशस्त्र प्रहरी नियमावलीले एसएसपी र डीआईजीलाई दिएको छ ।
कारबाहीमा परेका बाँकी ८ जनालाई भने नसियत दिइएको छ । एसपी अर्जुन खत्रीलाई नसियत दिइएको छ । आगलागी भएको बेला उनी नम्बर ९ पशुपति बाहिनीमा कार्यरत थिए बाहिनीका डीआईजी पुरुषोत्तम थापा थिए । खत्री कमाण्डर रहेको बेला आगलागी भएको थियो । ड्युटी कमाण्डर रहेको बेला घटना भएको, तर बेलैमा तदारुकता नदेखाउँदा आगो नियन्त्रण गर्न नसकिएको समितिले औंल्याएको थियो ।
डीएसपी नारायण सेढाईलाई पनि कारबाही गरिएको छ । सेढाईलाई नसियत दिइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै सशस्त्र प्रहरी निरीक्षकद्धय (इन्सपेक्टर) गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेलाई पनि नसियत दिइएको छ । सशस्त्र प्रहरी नियमावलीको दफा २२ अनुसार नसियत पाएको सशस्त्र प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा हुन पाउँदैनन् ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए । भूकम्प अघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो ।
बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालयमा पनि सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो । त्यही गोदाममा आगलागीको घटनापछि सशस्त्र प्रहरी हेडक्वाटरले एसपी खत्रीसहित गेटमा ड्युटीमा खटिएका गरी ११ जनालाई हेडक्वाटर तानेर छानबिन गरेको थियो । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीमा गरिएको तर यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति नराखिएकाले ठूलो घटना हुन पुगेको समितिको निष्कर्ष छ ।
तर के कारण आगलागी भयो भन्नेबारे दुवै समितिले यकिन उल्लेख गरेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिए पनि यही कारण आगलागी भयो भनेर समितिले किटान गरेको छैन ।
सुरक्षा संवेदनशीलताको हिसाबले पनि महत्पवूर्ण मानिएको उक्त गोदाममा सीसी क्यामेरा समेत जडान नगरीको भन्दै सुरक्षा संवेदनशीलतामा कमजोरी औंल्याएको थियो । गोदाम सुरक्षाका लागि भनेर छुट्टै एउटा सेन्ट्री समेत नराखिएको, फायर डिटेक्टर र सर्भिलेन्स हुनुपर्नेमा समेत नभएको समितिले औंल्याएको थियो ।
सशस्त्रको आन्तरिक छानबिन समितिले आगो लागेको ४५ मिनेटपछि मात्रै दमकल आइपुगेकाले ठूलो क्षति भएको औंल्याएको थियो । दुर्गा प्रसाईं समूहको सडक आन्दोलनका कारण दमकल आउन ढिलाइ भएको समितिको निष्कर्ष छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया