
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएकोआगलागी घटनामा दुई एसपीसहित बलका ९ कारबाहीमा परेका छन् । कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् ।
स्रोतका अनुसार एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ । सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख थिए ।
भण्डारणको जिम्मा पाएका श्रेष्ठले गोदामको सुरक्षा गर्न नसकेको निष्कर्षसहित छानबिन समितिले एसपी श्रेष्ठलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि सशस्त्र हेडक्वाटरले स्पष्टीकरण सोध्यो सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११८ मा सजाय दिनु पहिला स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ ।
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि एसपी श्रेष्ठलाई चार वर्षसम्म बढुवा रोक्का गरिएको सशस्त्रको कानून शाखाले लाई बतायो ।एसपीको चार वर्षसम्म बढुवा रोक्ने कारबाहीको आधिकार सशस्त्र प्रहरी नियमावलीले एसएसपी र डीआईजीलाई दिएको छ ।
कारबाहीमा परेका बाँकी ८ जनालाई भने नसियत दिइएको छ । एसपी अर्जुन खत्रीलाई नसियत दिइएको छ । आगलागी भएको बेला उनी नम्बर ९ पशुपति बाहिनीमा कार्यरत थिए बाहिनीका डीआईजी पुरुषोत्तम थापा थिए । खत्री कमाण्डर रहेको बेला आगलागी भएको थियो । ड्युटी कमाण्डर रहेको बेला घटना भएको, तर बेलैमा तदारुकता नदेखाउँदा आगो नियन्त्रण गर्न नसकिएको समितिले औंल्याएको थियो ।
डीएसपी नारायण सेढाईलाई पनि कारबाही गरिएको छ । सेढाईलाई नसियत दिइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै सशस्त्र प्रहरी निरीक्षकद्धय (इन्सपेक्टर) गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेलाई पनि नसियत दिइएको छ । सशस्त्र प्रहरी नियमावलीको दफा २२ अनुसार नसियत पाएको सशस्त्र प्रहरी कर्मचारीले एक वर्षसम्म बढुवा हुन पाउँदैनन् ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए । भूकम्प अघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो ।
बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालयमा पनि सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो । त्यही गोदाममा आगलागीको घटनापछि सशस्त्र प्रहरी हेडक्वाटरले एसपी खत्रीसहित गेटमा ड्युटीमा खटिएका गरी ११ जनालाई हेडक्वाटर तानेर छानबिन गरेको थियो । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीमा गरिएको तर यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति नराखिएकाले ठूलो घटना हुन पुगेको समितिको निष्कर्ष छ ।
तर के कारण आगलागी भयो भन्नेबारे दुवै समितिले यकिन उल्लेख गरेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिए पनि यही कारण आगलागी भयो भनेर समितिले किटान गरेको छैन ।
सुरक्षा संवेदनशीलताको हिसाबले पनि महत्पवूर्ण मानिएको उक्त गोदाममा सीसी क्यामेरा समेत जडान नगरीको भन्दै सुरक्षा संवेदनशीलतामा कमजोरी औंल्याएको थियो । गोदाम सुरक्षाका लागि भनेर छुट्टै एउटा सेन्ट्री समेत नराखिएको, फायर डिटेक्टर र सर्भिलेन्स हुनुपर्नेमा समेत नभएको समितिले औंल्याएको थियो ।
सशस्त्रको आन्तरिक छानबिन समितिले आगो लागेको ४५ मिनेटपछि मात्रै दमकल आइपुगेकाले ठूलो क्षति भएको औंल्याएको थियो । दुर्गा प्रसाईं समूहको सडक आन्दोलनका कारण दमकल आउन ढिलाइ भएको समितिको निष्कर्ष छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया