News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन रास्वपाका नेताहरुले बढी खरानी घसेः चित्रबहादुर केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चार दिन सार्वजनिक बसमा चढेर रास्वपाका नेताहरुले आफ्रहरु अर्कै संसारबाट आएको जस्तो गरेको बताए । उनले घरमा चिल्ला गाडी राखेर सार्वजनिक यातायात चढ्नुको कुनै औचित्य नरहेको बताए ।

    रास्वपाले आफ्ना नेताहरुलाई पाँच दिन सार्वजनिक बस चढेर यात्रा गर्न निर्देशन दिएको थियो । रास्वपाका नेताहरु सार्वजनिक बसमा चढ्दा मिडियालाई समेत सँगै लगेर स्ट्रन्ट गरेको आरोप लागिरहेको छ ।

    ‘नयाँ जोगीले धेरै खरानी घस्छन् । पुराना जोगीले बरु त्यो छोड्दै जान्छन् । आफ्नो घरमा चिल्ला गाडी राखेर सार्वजनिक बसमा चार दिन हिँडेर के खिसीट्यूरी गरेको ? सुहाउँछ त्यो ? सार्वजनिक यातायातमा वर्षौदेखि केटाकेटी, विरामी अशक्तले कति दुःख पाइरहेका छन् । अब उनीहरुले देख्दै नदेखेजस्तो गरेर, अर्कै संसारबाट आएको जस्तो गरेर त्यो बेकारको तमासा हो,’– उनले भने ।

    आफूले लामो समयदेखि सार्वजनिक यातायात चढेर यात्रा गरिरहेको बताउँदै उनले अहिलेसम्म कुनै सुधार नआएको बताए । सार्वजनिक यातायातको सन्दर्भमा राज्यले नियमन र अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ