
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पोखरा। पोखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारीमहायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । गत साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा कथा श्रवणसँगै नागेश्वर महादेवको पूजा आरधना भैरहेको छ । महायज्ञ समापनतर्फ गईरहँदा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको र हालसम्म करिब १० लाख रुपैयाँ सहयोग जुटेको नागेश्वर महादेव विकास समितिका अध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिनुुभयो । महायज्ञमा संकलित सहयोग मध्येबाट खर्च कटाएर बाँकी रकम यहाँको दीर्घकालीन सञ्चालन, आश्रम व्यवस्थापन आदिका लागि अक्षय कोष राख्ने योजना
रहेको उहाँले जानकारी दिनुुभयो ।
किंवदन्ती अनुसार आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी बताउँछन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने विश्वास छ । प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको मन्दिर २०६२ सालमा समाजसेवी स्व.सूूर्यनाथ उपाध्याय बरालको अगुवाईमा पुनःनिर्माण गरिएको
थियो ।
२०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमामणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाकोप्राण प्रतिष्ठा गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयवासीको भनाइ छ । त्यसयता मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, १००८ स्वामी सुतिक्षण मुनीजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको मन्दिरका संस्थापक अध्यक्ष धर्मराज बरालले जानकारी दिनुुभयो ।
मणिद्विपको ऐतिहासिक एवम् धार्मिक महत्वलाई उजागर गर्दै यस स्थललाई बहत् धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुुपर्ने उहाँले बताउनुुभयो ।
मणिद्विप प्राचीनकालदेखि नै अस्तित्वमा रहेको धार्मिक तीर्थस्थल भएको समाजसेवी शिरोमणि बरालको भनाइ छ । उहाँका अनुसार यस स्थलमा छ पुस्तादेखिका सन्यासीको समाधीस्थल समेत रहेको छ । यस स्थलमा बेद विद्याश्रम निर्माण लगायतका योजना समेत रहेको उहाँले बताउनुुभयो । मणिद्विपलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अनुसार डिपिआर तयार गरी अघि बढीएको पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले बताउनुुभयो । आवश्यक भौतिक पूर्वाधारहरू डिपिआर मार्फत नै विकास
गरिने उहाँको भनाइ छ । मन्दिरको संरक्षकका रुपमा रहनुुभएका शिवनाथ गिरीजी महाराजको अगुवाईमा मणिद्विप परिसरमा एक हजार ५०० किलो तौलको विशाल महाकालीको मूर्ति सहितको मन्दिर, अष्ट चिरञ्जिीवी, हवन कुण्ड लगायतका संरचना निर्माण भैसकेका छन् ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया