
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
काठमाडौं । केही समयदेखि मनसुनका कारण परेको वर्षाले विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरेर अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।
कोशी प्रदेश
संखुवासभामा बाढीले मकाउ गाउँपालिका–३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । असार ६ गते उक्त राजमार्गमा बाढीले क्षति पुर्याएपछि बाटो खुल्न सकेको छैन । प्रहरीका अनुसार उक्त सडक वर्षाभरि सञ्चालनमा आउने अवस्था छैन ।
त्यस्तै, सुनसरी धनसारेमा पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । आज गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
मधेश प्रदेश
महोत्तरीमा बाढीले आउँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको छ । वर्षाले आज सडकमा क्षति पु¥याउँदा बर्दिबास नगरपालिका–५, माईस्थानमा सडक एकतर्फी सञ्चालन भएको हो ।
बागमती प्रदेश
बाढीले क्षति पुर्याउँदा दोलखाको चरिकोट सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । साउन १३ गते कालिञ्चोक गाउँपालिका–४, झामार्सीमा पर्ने उक्त सडकमा क्षति पु¥याएको थियो । उक्त सडक खुल्न एक महिना लाग्ने भएको छ ।
त्यस्तै, वर्षाले मकवानपुर भिमफेदीमा पहिरो जाँदा कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । भिमफेदी गाउँपालिका–८, कालोपहिरो साउन १३ गते र महादेवटारमा साउन १९ गते गएको पहिरोले सडक आवागमन प्रभावित बनेको हो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका विभिन्न ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोरदेखि अन्य सडक अवरुद्ध बनेको छ । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा आज गएको पहिरोले बेनी–दरबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
त्यस्तै सोमबारदेखिको वर्षाले म्याग्दीकै रघुगंगा गाउँपालिका १ र २ वडामा आज पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रुपमा बन्द भएको छ ।
बागलुङको डब्ल्याङमा पहिरो जाँदा कालगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१०, डब्ल्याङमा खसेको पहिरोले करिडोर पूर्ण रुपमा बन्द भएको हो ।
लुम्बिनी प्रदेश
प्युठानमा पहिरो जाँदा असार १७ गतेदेखि स्याउलीवाबाग्दुला सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सडक पनि बर्खाभरि नखुल्ने भएको छ ।दाङको घोराही तुल्सीपुर सडकखण्डमा पर्ने सेवारखोलामा बाढीले क्ष्ति पुर्याउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१६ मा पर्ने उक्त खोलाले सडकमा सोमबार क्षति पुर्याएको थियो ।
कर्णाली प्रदेश
कर्णालीको रुकुमपश्चिममा पहिरो खस्दा आठबीस नगरपालिकामा पर्ने भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार आठबीस–११, खरखरेमा खसेको पहिरोले करिडोर अवरुद्ध भएको हो ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया