
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् । यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री प्रचण्डले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।
उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’
संविधान संशोधनको विरोधी होइनौं
माओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले बताए । ‘हामी अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ अधिकार दिन संविधान संशोधनको पक्षमा छौं’, प्रचण्डले भने, ‘अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि सबै हेर्दा उनीहरुले जनतालाई अझ अधिकार सम्पन्न बनाउन होइन, अधिकार कटौती गर्ने उद्देश्य अन्तरनिहीत भएकाले आलोचना गरेका हौं ।’
उनले गाडि भने, ‘निर्वाचन प्रणालीमा सुधार आवश्यक छ भन्ने हामीलाई पनि लागेको छ । तर उहाँहरुले सोचेको संशोधन मनशाय र हाम्रो १८० मा फरक छ । हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरु कटौती गर्न, झण्डैझण्डै २ पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्न दुस्साहस गर्दै हुनुहुन्छ ।’
कांग्रेस र एमाले मिल्नासाथ संविधान संशोधन भइनहाल्ने समेत उनले बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा दलहरुको जस्तो उपस्थिति छ, उनीहरुले मात्र गर्दैमा संविधान संशोधन संविधानत: र कानुनत: हुनसक्ने स्थिति छैन’, प्रचण्डले भने, ‘त्यसकारण यसको तात्विक अर्थ पनि छैन भन्ने मलाई लाग्छ ।’साथै बहुमतको बलमा समानुपातिक समावेशीताको अधिकार कतौती गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने पनि उनले बताए । ‘विगतमा संसद विघटन गर्दा जसरी सडकमा गएर प्रतिवाद गरेका हौं, त्यही गर्न बाध्य हुन्छौं’, उनले चेतावनीको भाषामा भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया