News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    १४ करोड खर्चेर गुल्मीमा बनाएको पक्की पुल प्रयोगविहीन

    गुल्मी । गुल्मीको सत्यवती र छत्रकोट गाउँपालिका जोड्ने बडीगाड खोलाको पक्की पुल प्रयोगविहीन भएको छ ।सत्यवती गाउँपालिकाको चोरकाटेबाट छत्रकोट गाउँपालिकाबाट हुँगा जोड्ने पक्की पुल तयार भएको सडक राम्रो नभएकाले प्रयोगमा आउन नसकेको हो ।

    सत्यवती गाउँपालिकाको चोरकाटे भन्ने स्थानबाट छत्रकोट गाउँपालिकाको हुँगा तर्फको पुल नजिकै रहेको सडक भत्किएर अवरुद्ध भएको छ ।

    सडक भत्किएर गाडी चल्न नसक्ने भएकाले पक्की पुल प्रयोगमा नआएको छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम न्यौपानेले बताए । पुलबाट छत्रकोट तर्फको सडक मर्मत हुन नसकेको जानकारी दिँदै उनले हिँउदमा सडक मर्मत गरेर सञ्चालनमा ल्याइने बताए ।

    २०७२ असार ३१ गते निर्माण सुरु भएको पक्कीपुल २०७९ साउन १५ गते तयार भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले बताए ।

    १०५ मिटरको लम्बाई रहेको पुल १४ करोड १७ लाख २४ हजार ४३७ रुपैयाँको लागतमा रसुवा एलिक जेभी काठमाडौंले निर्माण गरेको हो । पुल निर्माण गरेर सडक डिभिजन कार्यालय पाल्पालाई हस्तातरण भइसकेको पौडेलले बताए ।

    अब सडक स्तरोन्नतिको काम पनि सोही सडक डिभिजन कार्यालयले गर्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ