
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बुटवल । रुपन्देहीको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित रोयल टाइगर रिक्रियसन (आरटीआर) क्यासिनोका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । यसअघि पुरानो व्यवस्थापनले हटाएका कर्मचारीहरुसँग अदालतमा मुद्दा चलिरहेकोमा टाइगर प्यालेस होटेलमा नयाँ लगानीकर्ता भित्रिएपछि गोल्डेन ह्यान्डसेकको प्याकेज ल्याएको थियो ।
साे प्याकेजअन्तर्गत पहिले निकालिएका कर्मचारीले पुनः काम सुरु गर्न सक्ने र त्यसरी काम सुरु गरेको खण्डमा प्रतिव्यक्ति १ लाख ६५ हजार रुपैयाँ एकमुष्ठ भुक्तानी गर्ने र जागीर पनि दिने समझदारी कर्मचारीहरुसँग गरिएको थियो ।
पुनः काममा आउन नचाहने कर्मचारीको हकमा २ लाख ७० हजार रुपैयाँ कम्पनीले भुक्तानी गर्ने समझदारी भएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताए । याे समझदारी भएपछि नयाँ लगानीकर्ताले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा पनि फिर्ता लिएका थिए ।
त्यो प्याकेज तत्कालीन समयमा होटेल तथा क्यासिनो दुवैका कर्मचारीलाई लागू हुने व्यवस्था गरिएको थियो । त्यसमध्ये होटेलका २१ कर्मचारी र क्यासिनोका ४६ जनाले पुनः काम सुरु गरेका थिए । बाँकी कर्मचारीहरुले गोल्डेन ह्यान्डसेकको रकम लिएको र उनीहरुको सम्पूर्ण भुक्तानी भइसकेको होटेलका सञ्चालक बुद्धिसागर सुवेदीले बताए ।
यो साउन महिनादेखि होटेलमा रहेको क्यासिनो रोयल टाइगर रिक्रियसन (आरटीआर) नामक कम्पनीलाई होटेलले लिजमा सञ्चालन गर्न दिएको थियो । नयाँ कम्पनीले क्यासिनो सञ्चालन थालेपछि यसअघि पुनर्बहाली भएका ४६ कर्मचारीको व्यवस्थापनमा केही समस्या आएको होटेलका सञ्चालक सुवेदीले जानकारी दिए । ‘यसअघि हामीले कर्मचारीहरुसँग सम्झौता गर्दा नियमित काममा लगाउने भनेर गरेका थियाैं । क्यासिनो सञ्चालकले क्यासिनोकै लाइसेन्स एक वर्षको हुने भएकाले स्थायी कर्मचारी नराख्ने करारमा मात्रै राख्ने भनेको छ । त्यसअनुसार ८ जना कर्मचारी करारमै काम शुरु गरिसके । ३८ जना कर्मचारीले आफूहरु स्थायी नै हुनुपर्छ भन्ने माग गर्नुभएको छ,’ उनले भने, ‘हामी समस्या समाधानको पहल गरिरहेका छौँ ।’
क्यासिनोमा ४ सय कर्मचारी कार्यरत रहेको र बाँकीमा समस्या नभएको उनले बताए । संघर्ष समितिका संयोजक भण्डारीले भने रिसोर्टले क्यासिनो सञ्चालनको जिम्मा नयाँ व्यवसायीलाई दिएर कर्मचारीलाई पुनर्बहाली गर्नुपर्ने अदालत र पुरानो व्यवस्थापन पक्षको सम्झौताबाट जोगिने प्रयास गरेको आरोप लगाए ।
कर्मचारी संगठनका अध्यक्ष रोशन गुरुङले रिसोर्ट र क्यासिनो सञ्चालकले अदालतको आदेशलाई बेवास्ता गर्दै दायित्वबाट पन्छिन खोजेको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
तिलोत्तमा–१५ स्थित टाइगर प्यालेस रिसोर्टमा यसअघि एसएचएल म्यानेजमेन्ट सर्भिसेज केटीएम प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । होटेलमा नयाँ व्यवस्थापन आएपछि यही साउन १ गतेदेखि रोयल टाइगर रिक्रियसनले लिजमा लिएको थियो । निष्कासित श्रमिकहरूसँग २०८० पुस १३ गते गरेको सम्झौता कार्यान्वयनमा समेत रिसोर्टले चासो नदेखाएको उनीहरूको आरोप छ ।
कोरोनाको बेला निष्कासन गरिएकाहरूमध्ये क्यासिनोमा ४६ जना र होटलतर्फ २१ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली नगरिएको भण्डारीको आरोप छ ।नयाँ नियुक्ति नहुने श्रमिकहरूको हकमा सम्झौता बमोजिमको भुक्तानी दिएको कम्पनीले बताएको छ । तर गोविन्दप्रसाद गौतम र केशवराज पन्थी लगायतले सम्झौता बमोजिमको प्रक्रिया अन्तर्गत नियुक्ति भई काम गर्न वा नयाँ नियुक्ति नलिई सम्झौता बमोजिमको रकम भुक्तानी लिने भनी दिएको विकल्प छनोट गर्न कम्पनीमा उपस्थित नभएको टाइगर वान प्रालिका प्रमुख प्रशासकीय अधिकृत दिपक लेखकले श्रम रोजगार कार्यालयलाई जानकारी गराएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया