
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
बुटवल । रुपन्देहीको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित रोयल टाइगर रिक्रियसन (आरटीआर) क्यासिनोका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । यसअघि पुरानो व्यवस्थापनले हटाएका कर्मचारीहरुसँग अदालतमा मुद्दा चलिरहेकोमा टाइगर प्यालेस होटेलमा नयाँ लगानीकर्ता भित्रिएपछि गोल्डेन ह्यान्डसेकको प्याकेज ल्याएको थियो ।
साे प्याकेजअन्तर्गत पहिले निकालिएका कर्मचारीले पुनः काम सुरु गर्न सक्ने र त्यसरी काम सुरु गरेको खण्डमा प्रतिव्यक्ति १ लाख ६५ हजार रुपैयाँ एकमुष्ठ भुक्तानी गर्ने र जागीर पनि दिने समझदारी कर्मचारीहरुसँग गरिएको थियो ।
पुनः काममा आउन नचाहने कर्मचारीको हकमा २ लाख ७० हजार रुपैयाँ कम्पनीले भुक्तानी गर्ने समझदारी भएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताए । याे समझदारी भएपछि नयाँ लगानीकर्ताले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा पनि फिर्ता लिएका थिए ।
त्यो प्याकेज तत्कालीन समयमा होटेल तथा क्यासिनो दुवैका कर्मचारीलाई लागू हुने व्यवस्था गरिएको थियो । त्यसमध्ये होटेलका २१ कर्मचारी र क्यासिनोका ४६ जनाले पुनः काम सुरु गरेका थिए । बाँकी कर्मचारीहरुले गोल्डेन ह्यान्डसेकको रकम लिएको र उनीहरुको सम्पूर्ण भुक्तानी भइसकेको होटेलका सञ्चालक बुद्धिसागर सुवेदीले बताए ।
यो साउन महिनादेखि होटेलमा रहेको क्यासिनो रोयल टाइगर रिक्रियसन (आरटीआर) नामक कम्पनीलाई होटेलले लिजमा सञ्चालन गर्न दिएको थियो । नयाँ कम्पनीले क्यासिनो सञ्चालन थालेपछि यसअघि पुनर्बहाली भएका ४६ कर्मचारीको व्यवस्थापनमा केही समस्या आएको होटेलका सञ्चालक सुवेदीले जानकारी दिए । ‘यसअघि हामीले कर्मचारीहरुसँग सम्झौता गर्दा नियमित काममा लगाउने भनेर गरेका थियाैं । क्यासिनो सञ्चालकले क्यासिनोकै लाइसेन्स एक वर्षको हुने भएकाले स्थायी कर्मचारी नराख्ने करारमा मात्रै राख्ने भनेको छ । त्यसअनुसार ८ जना कर्मचारी करारमै काम शुरु गरिसके । ३८ जना कर्मचारीले आफूहरु स्थायी नै हुनुपर्छ भन्ने माग गर्नुभएको छ,’ उनले भने, ‘हामी समस्या समाधानको पहल गरिरहेका छौँ ।’
क्यासिनोमा ४ सय कर्मचारी कार्यरत रहेको र बाँकीमा समस्या नभएको उनले बताए । संघर्ष समितिका संयोजक भण्डारीले भने रिसोर्टले क्यासिनो सञ्चालनको जिम्मा नयाँ व्यवसायीलाई दिएर कर्मचारीलाई पुनर्बहाली गर्नुपर्ने अदालत र पुरानो व्यवस्थापन पक्षको सम्झौताबाट जोगिने प्रयास गरेको आरोप लगाए ।
कर्मचारी संगठनका अध्यक्ष रोशन गुरुङले रिसोर्ट र क्यासिनो सञ्चालकले अदालतको आदेशलाई बेवास्ता गर्दै दायित्वबाट पन्छिन खोजेको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
तिलोत्तमा–१५ स्थित टाइगर प्यालेस रिसोर्टमा यसअघि एसएचएल म्यानेजमेन्ट सर्भिसेज केटीएम प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । होटेलमा नयाँ व्यवस्थापन आएपछि यही साउन १ गतेदेखि रोयल टाइगर रिक्रियसनले लिजमा लिएको थियो । निष्कासित श्रमिकहरूसँग २०८० पुस १३ गते गरेको सम्झौता कार्यान्वयनमा समेत रिसोर्टले चासो नदेखाएको उनीहरूको आरोप छ ।
कोरोनाको बेला निष्कासन गरिएकाहरूमध्ये क्यासिनोमा ४६ जना र होटलतर्फ २१ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली नगरिएको भण्डारीको आरोप छ ।नयाँ नियुक्ति नहुने श्रमिकहरूको हकमा सम्झौता बमोजिमको भुक्तानी दिएको कम्पनीले बताएको छ । तर गोविन्दप्रसाद गौतम र केशवराज पन्थी लगायतले सम्झौता बमोजिमको प्रक्रिया अन्तर्गत नियुक्ति भई काम गर्न वा नयाँ नियुक्ति नलिई सम्झौता बमोजिमको रकम भुक्तानी लिने भनी दिएको विकल्प छनोट गर्न कम्पनीमा उपस्थित नभएको टाइगर वान प्रालिका प्रमुख प्रशासकीय अधिकृत दिपक लेखकले श्रम रोजगार कार्यालयलाई जानकारी गराएका छन् ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया