
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा. जोर्ज जोन र डा. एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो ।
जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि आभार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले असल गुरु जोन सरको व्यक्तित्व र व्यवहारकै प्रतिनिधि बनेर सामाजिक चेतनासहित शिक्षा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदानलाई निरन्तरता दिन सकोस् भन्ने कामना पनि गर्नुभयो । ‘भारतको केरलामा जन्मिएर सारा जीवन नेपालका लागि अर्पण गर्नुभयो । पोखरा जस्तो मुलुककै दोस्रो ठूलो शहरको असल गुरु उपमाका साथ यसरी सम्मानित हुन सक्नु सानो योगदानले सम्भव हुँदैन । जोन दम्पतीकै निरन्तरको कर्म र त्यागले यो सम्भव भएको हो । यसको लागि म यहाँलाई सलाम व्यक्त गर्दछु।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
डा. जोर्ज जोनले प्रतिष्ठानको काम र गतिविधिले आफू सधैं खुशी रहेको बताउनुभयो ।
‘यस कार्यक्रममा आउँदा मलाई सधैं अर्को वर्ष आउन पाउँछु कि पाउँदिन होला भन्ने लाग्छ । तर, आइरहेकै छु । सबै यहाँहरुकै माया र साथ हो ।’ उहाँले प्रशन्नता व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानको तर्फबाट प्रदेश प्रमुख भट्ट र डा. जोर्ज जोनले शिक्षासेवी सम्मान तथा छात्रवृत्ति वितरण पनि गर्नुभयो । प्राध्यापक पवित्रमणि पौडेल पोखरा–२१, प्रा.डा. भूपति ढकाल ‘कमल’ पोखरा–१७, प्रा.डा. यदुनन्दन ढकाल पोखरा–१२, विन्ध्यवासिनी माविको कुशल नेतृत्वकर्ता नरनाथ भट्टराई पोखरा–१६, लोकबहादुर कार्की पोखरा–१३, जीवनभर कर्तव्यपरायण भई योगदान दिने हिन्दुमाया पुन पोखरा–१ लाई शिक्षासेवी सम्मान अर्पण गरिएको थियो । यस्तै, गत शैक्षिक सत्रमा पृथ्वीनारायण क्याम्पसबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुने पारस पौडेल, छात्रातर्फ सफलता सापकोटा र अञ्जु गिरीलाई पुरस्कृत पनि गरिएको थियो । प्रतिभा छनौट समितिको संयोजक रामगोपाल ढेवाजु र प्रतिष्ठानका सदस्य डा. नागेन्द्र भण्डारीले सम्मानित एवं पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा गत असार २७ गते पोखरा १९, तल्लाकोटमा गएको पहिरोले एकै परिवारका ७ जनाको ज्यान गएकोमा बाँच्न सफल विन्ध्यश्वरी मावि कक्षा १० मा अध्ययनरत पवन परियारलाई नगद सहयोग पनि प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गभर्नर तथा सल्लाहकार डा. दिपेन्द्रबहादुर क्षेत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सल्लाहकार प्रा.डा. दिलबहादुर क्षेत्री, सल्लाहकार राजीव पहारी, संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु, पृना क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइराला, क्याम्पसका प्राध्यापक संघका सभापति डा. लक्ष्मीशरण अधिकारी, सम्मानित व्यक्तित्वद्वय प्रा.डा. भूपति ढकाल, प्रा. पवित्रमणि पौडेल लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका सचिव अरुण शेरचनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन अधिकारीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया