
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा. जोर्ज जोन र डा. एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो ।
जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि आभार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले असल गुरु जोन सरको व्यक्तित्व र व्यवहारकै प्रतिनिधि बनेर सामाजिक चेतनासहित शिक्षा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदानलाई निरन्तरता दिन सकोस् भन्ने कामना पनि गर्नुभयो । ‘भारतको केरलामा जन्मिएर सारा जीवन नेपालका लागि अर्पण गर्नुभयो । पोखरा जस्तो मुलुककै दोस्रो ठूलो शहरको असल गुरु उपमाका साथ यसरी सम्मानित हुन सक्नु सानो योगदानले सम्भव हुँदैन । जोन दम्पतीकै निरन्तरको कर्म र त्यागले यो सम्भव भएको हो । यसको लागि म यहाँलाई सलाम व्यक्त गर्दछु।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
डा. जोर्ज जोनले प्रतिष्ठानको काम र गतिविधिले आफू सधैं खुशी रहेको बताउनुभयो ।
‘यस कार्यक्रममा आउँदा मलाई सधैं अर्को वर्ष आउन पाउँछु कि पाउँदिन होला भन्ने लाग्छ । तर, आइरहेकै छु । सबै यहाँहरुकै माया र साथ हो ।’ उहाँले प्रशन्नता व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानको तर्फबाट प्रदेश प्रमुख भट्ट र डा. जोर्ज जोनले शिक्षासेवी सम्मान तथा छात्रवृत्ति वितरण पनि गर्नुभयो । प्राध्यापक पवित्रमणि पौडेल पोखरा–२१, प्रा.डा. भूपति ढकाल ‘कमल’ पोखरा–१७, प्रा.डा. यदुनन्दन ढकाल पोखरा–१२, विन्ध्यवासिनी माविको कुशल नेतृत्वकर्ता नरनाथ भट्टराई पोखरा–१६, लोकबहादुर कार्की पोखरा–१३, जीवनभर कर्तव्यपरायण भई योगदान दिने हिन्दुमाया पुन पोखरा–१ लाई शिक्षासेवी सम्मान अर्पण गरिएको थियो । यस्तै, गत शैक्षिक सत्रमा पृथ्वीनारायण क्याम्पसबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुने पारस पौडेल, छात्रातर्फ सफलता सापकोटा र अञ्जु गिरीलाई पुरस्कृत पनि गरिएको थियो । प्रतिभा छनौट समितिको संयोजक रामगोपाल ढेवाजु र प्रतिष्ठानका सदस्य डा. नागेन्द्र भण्डारीले सम्मानित एवं पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा गत असार २७ गते पोखरा १९, तल्लाकोटमा गएको पहिरोले एकै परिवारका ७ जनाको ज्यान गएकोमा बाँच्न सफल विन्ध्यश्वरी मावि कक्षा १० मा अध्ययनरत पवन परियारलाई नगद सहयोग पनि प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गभर्नर तथा सल्लाहकार डा. दिपेन्द्रबहादुर क्षेत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सल्लाहकार प्रा.डा. दिलबहादुर क्षेत्री, सल्लाहकार राजीव पहारी, संस्थापक अध्यक्ष प्रकाशमान गुभाजु, पृना क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइराला, क्याम्पसका प्राध्यापक संघका सभापति डा. लक्ष्मीशरण अधिकारी, सम्मानित व्यक्तित्वद्वय प्रा.डा. भूपति ढकाल, प्रा. पवित्रमणि पौडेल लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका सचिव अरुण शेरचनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन अधिकारीले गर्नुभएको थियो ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया