SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१९ गते
    ४१४ &#२३४६;&#२३३५;&#२३२५;

    राजाराम पौडेल, पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो ।

    एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो । केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहनुभएका अधिकारीले संवाद भने भैरहेको खुलाउनुभएको हो । उहाँले वर्तमान मुख्यमन्त्रीले भनेझैँ मन्त्रालयको सङ्ख्या बढाउन त्यति सजिलो भने नरहेको दावी गर्नुभयो ।

    अर्को प्रसङ्गमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उहाँको भनाई थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उहाँको भनाई थियो । एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पुरा गर्नको लागि सबैले मिहेनत गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले राम्रो काम गर्नुपर्‍यो, भष्ट्राचार रोक्नुपर्‍यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन’ उहाँले भन्नुभयो । दुई प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

    एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उहाँको दावी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पुर्‍याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उहाँको आग्रह थियो । ‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवाद तर्फ यात्रामा जान सक्छौ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा प्रादेशिक संवृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुती गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष एवं वागमती प्रदेशका सासंद डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको सङ्ख्या बढेको बताउनुभयो । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीालाई चिर्दे अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाई थियो ।

    नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल, सञ्चालन सचिव बाबुराम केसीले गर्नुभएको थियो । कमिटीद्वारा प्रकाशित स्मारिका गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले समेत बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं