SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/१९ गते
    ५०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ मनोनित भएकी छिन । पार्टिले उनलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको हो । दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती अघी बढ्ने बताइन ।

    को हुन संगीता तामाङ ?

    दोलखा बोचमा वि.सं. २०४५ मा जन्मिएकी हुन संगिता तामाङ । निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र अर्थात आफू रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छिन उनी । जो परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उभिइन् । जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन् । अनेरास्ववियू दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रीय तहमा नै चर्चाको पात्र थिइन् ।विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल रेडक्रस सोसाइटि जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगितालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय २०५८ ताका थियो ।

    वि.सं.२०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन् । यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन । अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन् । उर्जाशिल र क्रियाशिलताले भरिएको संगिताले तामाङ समुदायको विभिन्न संघमसंगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशील पनि छन् ।

    नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिवको भूमिका निर्वाह गरिसकेकी उनी वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएका महिला नेतृत्व हुन् । गत स्थानीय तहको निर्वाचनको निम्ती उनी भीमेश्वर नगरको उपमेयर पदको लागि निर्वाचनमा भाग लिएको थिइन । झिनो मतका साथ(३३९५ बदर १४३ मतान्तर) उनी निर्वाचनमा पराजय भोगिन । तर पनि उनी भिमेश्वरवासीका निम्ती ढुक्ढुकी बनेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं