
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पर्वत। पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् ।
अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका कारण पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यसवर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । डा बाँस्तोलाले भने, ‘उनीहरुलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ‘।
वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बाँस्तोलाले बताए ।
‘सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ । हामीले एकै दिनमा तीन सय भन्दाबढीको स्वास्थ्य परीक्षण गरेका छौंँ’, डा बाँस्तोलाले भने ।
गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको सङ्ख्या बढी मात्रामा देखिएको हो । उनले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुनै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घरवरिपरी सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोसिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा बाँस्तोलाको सुझाव रहेको छ ।
अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांश उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् ।
पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको क्षमतामा सञ्चालन गरिएको भए पनि जनशक्ति अभावमा भने समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको गुनासो छ ।
उनका अनुसार १५ शय्याको अस्पताल भए पनि ४१ शय्या अस्पताल व्यवस्थापन समितिले व्यवस्थापन गरेर अहिले ५६ शय्यामा बिरामी भर्ना गरिएको छ । पर्वत अस्पतालसँगै पर्वतका निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यचौकीमा पनि डेङ्गुका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया