
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसेकेको प्रतिक्रिया दिएका छन् ।केन्द्रमा सत्तासमीकरण परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको उनले बताए । सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकले लुम्बिनीको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारको उक्त निर्णयपछि आज, मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गरेका हुन् । शेरचनले कुनै कारण विना प्रदेश प्रमुख पदमुक्त गर्ने कुरा गलत भएको बताए । ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ । संविधानको उल्लंघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने हो,’ शेरचनले भने, ‘विना कारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ ।’ उनले केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको बताए ।
प्रदेश प्रमुखबाट बाहिरिंदै गर्दा शेरचनले राजनीतिक टिप्पणीसमेत गरेका छन् । उनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने भनाइ राखे । ‘केन्द्रमा समीकरण फेरिने कुरा एउटा हो । तर प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुन्छ,’ उनले भने ।
शेरचनले प्रदेशको मन्त्री पनि केन्द्रले टुङ्ग्याउने परिपाटी गलत भएको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेस र एमालेमा समानुपातिक व्यवस्थाप्रति गलत धारणा रहेको समेत बताएका छन् । पञ्चायतकालदेखि २०४८ को आमनिर्वाचन पछिका सरकार पनि स्थिर नभएको उदाहरण दिंदै समानुपातिक प्रणालीका विषयमा हचुवाका भरमा अपव्याख्या नगर्न शेरचनले आग्रह गरे ।
‘२०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकारको पालामा पनि अस्थिरता थियो । त्यतिबेला समानुपातिक व्यवस्था थिएन । त्यसैले समानुपातिक व्यवस्थाका विषयमा गम्भीर भएर सोच्नुपर्छ,’ शेरचनले भने । शेरचनले आफ्नो ३ वर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताए । उनले आफूले प्रदेश प्रमुखका रुपमा रहँदा कार्यालयलाई व्यवस्थित बनाउने काम गरेको दाबी गरे ।
३ वर्षको अवधिमा १५ वटा विधेयक प्रमाणीकरण गरेको उनले बताए । निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उनले बताए ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया