
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
शिशिर उजाड,पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिता गर्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए ।विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउन तयारी शुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार समिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले पुर्व अध्यक्ष कुल वहादुर खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, कमला शर्मा वास्तोलाको संयोजकत्वमा खरिद छपाई उपसमिति, हरिवहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सचिव दिपेन्द्र वाँनियाको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा कार्यक्रम संचालन उपसमिति, सल्लाहकार सुवाष अधिकारीको संयोजकत्वमा अनुगमन, मोहन कुमार सुनारको संयोजकत्वमा स्वयंसेवक परिचालन, गीता भट्टराई भण्डारीको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, राम प्रसाद पौडेल घर्मेलीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, दुर्गा केसी थापाको संयोजकत्वमा प्राथामिक उपचार, वरिष्ठ उपाध्यक्ष दुर्गा वस्नेतको संयोजकत्वमा महिला परिचालन, र हर्क वहादुर गायकको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको जनाईएको छ ।
नेपाली कला, संस्कृति र साहित्यको उत्थानकै निम्ती २०५७ सालवाटै प्रतियोगिता संचालन गरिएको सचिव वाँनियाले वताए । प्रतियोगिता संचालनका लागि करिव १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था एवं दाताहरुवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक कुलवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न संघ, संस्थालाई भेटघाट गर्ने प्रपोजल दिने कार्य भईरहेको छ । प्रतियोगितामा प्रथम हुने टोलिलाई नगद रु १ लाख प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५० हजार प्रमाणपत्र, सान्त्वना हुने टोलिलाई नगद २५ हजार प्रमाणपत्र र सहभागी टोलिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक राम प्रसाद पौडेल घर्मेलीले जानकारी दिए । प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सीनाले नगद ५० हजार प्रदान गरी तेसा्रे पुरस्कार प्रायोजन गरेका छन ।
प्रतियोगिताको आन्तरिक तथा वाह्य तयारी शुरु गरिएको र रजत कार्यक्रमलाई अघिल्ला वर्षको भन्दा थप विशेष वनाईने उनले वताए ।प्रतिष्ठानले गतवर्ष गरेको चोविसौं संस्करणको प्रतियोगितामा रामपुर पाल्पाको श्री धर्मोदय दशाावतार वालन सांस्कृतिक समुह प्रथम हुदै नगद १ लाख प्राप्त गरेको थियो ।यस वर्षको प्रतियोगितामा पनि देशभरवाट उत्कृष्ट भजन टोलिले सहभागिता जनाउने अपेक्षा प्रतिष्ठानले गरेको छ । जनकवि केशरी स्व. धर्मराज थापा, कवि स्व.कुल वहादुर केसीको परिकल्पनामा वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतवहादुर वरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र वाल साहित्य पुरस्कारसमेत स्थापना गरी वितरण गर्दै आईरहेको र वेलावेलामा कवि गोष्ठी, साहित्य वाचन श्रृंखला समेत संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया