
१५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
३पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
४शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
५गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
६विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
७मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
८प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
९गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
१०पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
११मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१२वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
शिशिर उजाड,पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिता गर्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए ।विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउन तयारी शुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार समिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले पुर्व अध्यक्ष कुल वहादुर खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, कमला शर्मा वास्तोलाको संयोजकत्वमा खरिद छपाई उपसमिति, हरिवहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सचिव दिपेन्द्र वाँनियाको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा कार्यक्रम संचालन उपसमिति, सल्लाहकार सुवाष अधिकारीको संयोजकत्वमा अनुगमन, मोहन कुमार सुनारको संयोजकत्वमा स्वयंसेवक परिचालन, गीता भट्टराई भण्डारीको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, राम प्रसाद पौडेल घर्मेलीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, दुर्गा केसी थापाको संयोजकत्वमा प्राथामिक उपचार, वरिष्ठ उपाध्यक्ष दुर्गा वस्नेतको संयोजकत्वमा महिला परिचालन, र हर्क वहादुर गायकको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको जनाईएको छ ।
नेपाली कला, संस्कृति र साहित्यको उत्थानकै निम्ती २०५७ सालवाटै प्रतियोगिता संचालन गरिएको सचिव वाँनियाले वताए । प्रतियोगिता संचालनका लागि करिव १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था एवं दाताहरुवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक कुलवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न संघ, संस्थालाई भेटघाट गर्ने प्रपोजल दिने कार्य भईरहेको छ । प्रतियोगितामा प्रथम हुने टोलिलाई नगद रु १ लाख प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५० हजार प्रमाणपत्र, सान्त्वना हुने टोलिलाई नगद २५ हजार प्रमाणपत्र र सहभागी टोलिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक राम प्रसाद पौडेल घर्मेलीले जानकारी दिए । प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सीनाले नगद ५० हजार प्रदान गरी तेसा्रे पुरस्कार प्रायोजन गरेका छन ।
प्रतियोगिताको आन्तरिक तथा वाह्य तयारी शुरु गरिएको र रजत कार्यक्रमलाई अघिल्ला वर्षको भन्दा थप विशेष वनाईने उनले वताए ।प्रतिष्ठानले गतवर्ष गरेको चोविसौं संस्करणको प्रतियोगितामा रामपुर पाल्पाको श्री धर्मोदय दशाावतार वालन सांस्कृतिक समुह प्रथम हुदै नगद १ लाख प्राप्त गरेको थियो ।यस वर्षको प्रतियोगितामा पनि देशभरवाट उत्कृष्ट भजन टोलिले सहभागिता जनाउने अपेक्षा प्रतिष्ठानले गरेको छ । जनकवि केशरी स्व. धर्मराज थापा, कवि स्व.कुल वहादुर केसीको परिकल्पनामा वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतवहादुर वरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र वाल साहित्य पुरस्कारसमेत स्थापना गरी वितरण गर्दै आईरहेको र वेलावेलामा कवि गोष्ठी, साहित्य वाचन श्रृंखला समेत संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया