
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । प्रतिनिधि सभाका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरेपछि प्रमुख प्रतिपक्षी भूमिकामा धकेलिएको माओवादी केन्द्र यतिबेला पार्टी कार्यक्रम तयार पार्न जुटेको छ ।
प्रमुख प्रतिपक्षी दलका रुपमा पार्टीले गर्ने कार्यक्रम तयार पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग औपचारिक तथा अनौपचारिक सम्वाद गरिरहेका छन् । ‘यतिबेला हाम्रो मुख्य ध्यान पार्टीलाई नयाँ कार्यक्रम सहित जनतामा लैजानेमा केन्द्रित छ’, पार्टी सचिव लीलामणि पोखरेलले भने, ‘अहिले भइरहेको छलफल र बैठकहरु त्यसैका निम्ति हो ।’
केन्द्रीय मुख्यालय पेरिसडाडाँमा चलिरहेको पदाधिकारी बैठकको मुख्य उद्देश्य नै कमजोरीहरुको समीक्षा गरेर नयाँ कार्यक्रम तयार पार्नु रहेको पोखरेलले बताए । ‘कहाँ कमजोरी भयो, कसरी सुधारेर जान सकिन्छ भन्नेबारे गम्भीर समीक्षा गर्छौं । पदाधिकारीहरुले कुरा राखिसक्दा एउटा निष्कर्षमा पुग्छौं’, उनले भने ।
बलियो र सशक्त प्रतिपक्षी भूमिका तयार पार्नकै निम्ति पदाधिकारीलाई खुलेर कुरा राख्न दिइएको नेताहरुले बताएका छन् । ‘सीमारहित छलफल चलिरहेको छ । जसले जति समय लिन मन लाग्छ, उति बोल्ने भन्ने छ’, प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले भने ।
पार्टीबाट विगतमा भएका कमजोरी, सरकारमा हुँदा गरेका राम्रा कामहरुको विवरण र नयाँ कार्यक्रमबारे पदाधिकारीहरुले विस्तृतमा कुरा राख्ने भनेरै पदाधिकारी बैठक लम्बिरहेको छ । जसले जति पनि समय लिने भन्ने छुट पाएकैले शुक्रबारबाट सुरु भएको पदाधिकारी बैठकमा आइतबारसम्म आधा पदाधिकारी मात्र बोलेका छन् ।
बैठकको पहिलो दिन शुक्रबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरु चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले बोलेका थिए । शनिबारको बैठक उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले कुरा राख्दैमा सकियो । आइतबारको बैठकमा उपमहासचिव जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवहरु गणेश शाह, हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले छलफलमा भाग लिएका थिए । २२ पदाधिकारीमध्ये अझ ८ जनाले बोल्न बाँकी छ ।
अहिलेकै गतिमा बैठक चल्ने हो भने अझै दुई दिन लाग्नेछ । ‘विस्तृतमा छलफल गर्ने भन्ने प्रस्ताव नै हो । जति समय लगाएर भए पनि हामी नयाँ दृष्टिकोण तयार पारेर अगाडि बढ्छौं’, सचिव पोखरेल भन्छन् ।उपाध्यक्ष सापकोटा पनि अहिलेको परिस्थिति जटिल र पेचिलो रहेकाले गम्भीर छलफल चलिरहेको बताउँछन् । उनका अनुसार कमीकमजोरीको समीक्षा गरेर ठूलै रुपान्तरणको प्रक्रियामा जानुपर्नेमा नेताहरुको लगभग साझा मत छ । ‘ठूलो रुपान्तरणको प्रक्रियामा छौं, कमी कमजोरीको समीक्षा गर्नुपर्छ भन्ने छ’, सापकोटाले बैठक पछाडि पत्रकारहरुसँग भनेका थिए ।
नेताहरुका अनुसार अध्यक्ष प्रचण्डले नै खुलेर आफ्नो कुरा राख्न भनेका छन् । ‘पदाधिकारीको बैठकले पुग्दैन भने स्थायी कमिटी र आवश्यकता पर्छ भने केन्द्रीय कमिटीको लामै बैठक चलाउने अध्यक्ष कमरेडले संकेत दिनुभएको छ’, एक नेताले भने । उनका अनुसार, सकेसम्म धेरै नेताहरुको सहभागिताबाट प्रतिपक्षी कार्यक्रम तयार पार्न प्रचण्डले लगातार सम्वाद र बैठक राखिरहेका छन् ।
पदाधिकारीहरुको बैठकलगत्तै स्थायी कमिटी बैठक बस्ने तयारी पनि प्रतिपक्षी कार्यक्रम तयार पार्ने प्रयोजनकै निम्ति हो । ‘सडक विद्रोहमै जाने भन्ने त हुँदैन होला, तर जनमत निर्माणको प्रभावकारी कार्यक्रम बनाउने गरी पार्टीको गतिविधि चलिरहेको छ’, अर्का एक पदाधिकारीले भने ।प्रचण्डले भने शनिबार राजधानीमै आयोजित एक कार्यक्रममा सडकमै जान पनि तयार हुने सार्वजनिक मन्तव्य दिएका थिए । विगतमा संविधान रक्षाका निम्ति सडकमा पलेटी बसेको सम्झदै फेरि पनि सडकमा जान तयार रहेको बताएका थिए । तर माओवादीका ती पदाधिकारी सडक बिद्रोहको कार्यक्रम तयार हुनेमा शंका गर्छन् ।
तर माओवादी नेतृत्वको सरकारले गरेको सुशासनको पहलकदमीको प्रचार गर्ने, संविधान संविधानको एजेण्डामा अडान लिने, संसदमा बलियो आवाज उठाउने जस्ता कार्यक्रममा प्रष्ट हुने गरी पार्टी कार्यक्रम बन्न सक्ने उनी बताउँछन् ।‘गिरीबन्धु, शरणार्थी प्रकरण, ललिता निवास, टीकापुर जग्गा हिनामना जस्ता थुप्रै एजेण्डा हामीसँग छन् । त्यसलाई जनताका बीचमा लैजानुपर्छ’, ती पदाधिकारी भन्छन्, ‘जनताको बीचमा जाने जनताको एजेण्डा भनेको पनि यिनै हुन् ।’
राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका सँगै संगठन सुदृढीकरण अर्को महत्वपूर्ण एजेण्डा रहेको माओवादी नेताहरुले बताएका छन् । बैठकमा समेत पदाधिकारीहरुले आगामी चुनावमा एक्लै लड्नेगरी संगठन निर्माणमा जुट्नुपर्ने पनि राय राखिरहेका छन् । अध्यक्ष प्रचण्डले सार्वजनिक मन्तव्यबाटै माओवादीले आउने चुनावमा एक्लै लड्नेगरी तयार गर्ने बताएका थिए ।
यी दुई एजेण्डासँगैसमाजवादी मोर्चा माओवादीको नयाँ कार्यक्रमभित्रै परेको छ । प्रधानमन्त्रीमा विश्वासको मत लिनु अगाडि नै प्रचण्डले समाजवादी मोर्चाको पहल थालेका थिए । २८ असारमा विश्वासको मत लिने निर्णय लिएका प्रचण्डले अघिल्लो दिन बालुवाटारमै समाजवादी मोर्चाको बैठक राखेका थिए ।
विश्वासको मत नपाएर डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पनि प्रचण्डको पहिलो प्राथमिकता समाजवादी मोर्चातर्फ नै थियो । १ साउनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेको थियो ।यो मोर्चाले प्रचण्डलाई प्रतिपक्षीमा सहयात्री मिल्ने मात्र नभएर संसदीय गणितमा पनि बलियो बनाउँछ । त्यसैले मोर्चा प्रचण्डको प्राथमिकतामै छ, यो विषयमा पनि माओवादी बैठकमा नेताहरुले कुरा राखिरहेका छन् ।
तर ९ वर्षपछि प्रमुख प्रतिपक्षी भूमिकामा धकेलिएको माओवादी केन्द्रभित्र नेतृत्वकै विषयमा भने छलफल भएको छैन । समीक्षाको सीमा नेतृत्व परिवर्तनसम्म नपुग्ने नेताहरु बताउँछन् । ‘नेतृत्वको बारेमा छलफल हुँदैन । महाधिवेशन गरेको अढाइ वर्ष हुँदैछ’, सचिव लिलामणि पोखरेलले भने, ‘महाधिवेशनले गर्ने कुरा बैठकमा हुँदैन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया