News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।

    प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । १७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज राजीनामा बुझाएका हुन् ।

    माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन् ।

    माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको बताए । सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन चाहेका कारण केन्द्रमा समीकरण फेरिए पनि प्रदेश सरकारमा बसेको बताए ।

    मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाडेको उनको भनाइ छ । समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गर्ने उनले बताए । सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने उनले बताए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ