News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

    यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन । सडक भासिए पनि यातायात भने सुचारु छ। तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए।

    सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ।

    ठूला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारीकारी आनन्द काफ्लेले बताए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ