
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए । स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् ब्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए ।
विपद्का कारण क्षती बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट बितरण भईरहेको र सहज प्रक्रियाबाट तत्कालै बितरण गर्न निर्देशन दिए । विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
मनसुन सुरु भएपश्चात गण्डकी प्रदेश भित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षती, राहत बितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरु विच छलफल भएको हो ।
सोमवार भएको उक्त छलफलबाट निम्न निर्णयहरु भएका छन् ।
निर्णयहरु
१. मनसुनजन्य विपदबाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे बैठकमा सरोकारवालाहरुबीच जानकारी एवम् छलफल गरियो।
२. मनसुनजन्य विपदबाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने, सम्बन्धित निकायहरुबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने।
३. विपद्को अवस्थामा आपतकालीन खोज, उद्धार, राहत लगायतका कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयरआयोगरनिकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयत्मक रुपमा परिचालन गर्ने र यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने।
४. मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानीरसिँचाईरपूर्वाधार विकासरस्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालयरनिर्देशनालयरनिकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने।
५. विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्वविद् सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९ल्म्च्च्ःब्० मा लेखी पठाउने। यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायतका प्रदेशरजिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने।
६. मनसुनजन्य विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिंचाईका संरचनामा पुगेको क्षति र मर्मतसंभार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी आवश्यकतानुसार मर्मतसंभार एवम् पुनर्निर्माण गर्ने।
७. मनसुनजन्य विपदबाट भएकोरहुने सक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव छिटो छरितोरुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने। त्यस्ता तार, जाली तथा पाइप वा अन्य सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन दिने।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया