
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत।पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालयमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने भएको छ । यस शैक्षिकसत्र २०८१/०८२ देखि कक्षा ११ मा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषय अध्यापन गर्न लागिएको बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
यस क्षेत्रको एक मात्र आइएसओ अवार्ड तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय बेन्चमार्क प्राप्त गरेको उक्त विद्यालयमा होटेल तथा पर्यटन, कक्षा ११ र १२ सँग सम्बन्धित सङ्घ संस्था, स्विस मान्यता प्राप्त अन्तर्राष्ट्रिय गेट कलेज, अन्तर्राष्ट्रिय होटेल मेभिलियन तथा स्थानीय होटेल ‘दि क्लिफ नेपाल’ लगायतको सहकार्यमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषयमा कक्षा ११ बाट अध्यापन गर्न सुरु गरिएको विद्यालयका प्रीन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
अनिवार्य विषयतर्फ ‘अङ्ग्रेजी’, ‘नेपाली’ र ‘सामाजिक तथा मानव मूल्य शिक्षा’ तथा मुख्य विषयतर्फ ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ र ‘बिजनेस स्टडीज’ राखिएको छ । ‘नन क्रेडिट’ विषयतर्फ ‘मानव मूल्य’ र ‘कम्प्युटर’ राखेर अध्यापन गरिने उनको भनाइ छ ।
२५ औँ एसइई ब्याच उतारेको विद्यालयले परम्परागत शैली भन्दा फरक विषयमा आफूले आफैँसँग प्रतिस्पर्धा गर्ने गरी यो विषयको अध्यापन सुरु गरेको हो । केही महिना अगाडि मात्रै कक्षा ११ सञ्चालनका लागि अनुमति प्राप्त गरेको विद्यालयले उक्त विषय अध्यापनका लागि फाराम वितरण पनि गरिरहेको छ । जुनसुकै ग्रेडमा भए पनि १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यो विषय अध्ययन गर्न पाउने भएकोले एसइईको ग्रेड वृद्धि परीक्षाबाट पुन उत्तीर्ण भएर आउने विद्यार्थीहरू पनि भर्ना हुन पाउने विद्यालयले बताएको छ ।
पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजारका रिसोर्ट तथा होटलहरुमा दक्ष जनशक्तिको आवश्यकता छ । यो क्षेत्रमा होटेल व्यवस्थापनको अध्यापन नहुने भएकाले पनि सबै होटलहरुमा यसबारेमा अध्ययन गरेको जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । जिल्लामा विकास भइरहेका पर्यटकीय गतिविधि र उनीहरूको बसाई लम्बिँदै जान थालेको अवस्थामा सम्भवतः गण्डकी प्रदेशमा नै पहिलो ‘हस्पीटालिटी स्कुल’ बनाउन थालिएको छ ।
सीपमूलक र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा रोजगारी दिने उद्देश्यले आदर्श अङ्ग्रेजी आवासीय मा.वि.ले आफूलाई ‘युनिक एन्ड स्मार्ट हस्पिटालिटी स्कुल’ का रूपमा प्रस्ताव गरेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका कलेज तथा स्तरीय होटेलहरूमा लगेर प्रयोगात्मक रूपमा विद्यार्थीलाई अध्यापन गराउने गरी तयारी गरिरहेको विद्यालयका प्रिन्सिपल क्षेत्रीले बताए । यो अध्यापनले पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङ तथा नजिकै रहेको पोखरामा आवश्यक पर्ने जनशक्ति उत्पादन हुने उनको भनाइ छ ।
पर्वत सहित यस क्षेत्रमा नै पहिलो पटक यस्तो खालको विषयको पढाइ हुने भएपछि पर्यटनको क्षेत्रमा थप बल पुग्ने र आफूहरूले बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने यस क्षेत्रका होटेल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् । यस क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा पर्यटकीय गतिविधि हुने ठाउँमा अध्ययन गरेर दक्ष बनेको जनशक्तिको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया