
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पर्वत।पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालयमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने भएको छ । यस शैक्षिकसत्र २०८१/०८२ देखि कक्षा ११ मा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषय अध्यापन गर्न लागिएको बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
यस क्षेत्रको एक मात्र आइएसओ अवार्ड तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय बेन्चमार्क प्राप्त गरेको उक्त विद्यालयमा होटेल तथा पर्यटन, कक्षा ११ र १२ सँग सम्बन्धित सङ्घ संस्था, स्विस मान्यता प्राप्त अन्तर्राष्ट्रिय गेट कलेज, अन्तर्राष्ट्रिय होटेल मेभिलियन तथा स्थानीय होटेल ‘दि क्लिफ नेपाल’ लगायतको सहकार्यमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषयमा कक्षा ११ बाट अध्यापन गर्न सुरु गरिएको विद्यालयका प्रीन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
अनिवार्य विषयतर्फ ‘अङ्ग्रेजी’, ‘नेपाली’ र ‘सामाजिक तथा मानव मूल्य शिक्षा’ तथा मुख्य विषयतर्फ ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ र ‘बिजनेस स्टडीज’ राखिएको छ । ‘नन क्रेडिट’ विषयतर्फ ‘मानव मूल्य’ र ‘कम्प्युटर’ राखेर अध्यापन गरिने उनको भनाइ छ ।
२५ औँ एसइई ब्याच उतारेको विद्यालयले परम्परागत शैली भन्दा फरक विषयमा आफूले आफैँसँग प्रतिस्पर्धा गर्ने गरी यो विषयको अध्यापन सुरु गरेको हो । केही महिना अगाडि मात्रै कक्षा ११ सञ्चालनका लागि अनुमति प्राप्त गरेको विद्यालयले उक्त विषय अध्यापनका लागि फाराम वितरण पनि गरिरहेको छ । जुनसुकै ग्रेडमा भए पनि १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यो विषय अध्ययन गर्न पाउने भएकोले एसइईको ग्रेड वृद्धि परीक्षाबाट पुन उत्तीर्ण भएर आउने विद्यार्थीहरू पनि भर्ना हुन पाउने विद्यालयले बताएको छ ।
पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजारका रिसोर्ट तथा होटलहरुमा दक्ष जनशक्तिको आवश्यकता छ । यो क्षेत्रमा होटेल व्यवस्थापनको अध्यापन नहुने भएकाले पनि सबै होटलहरुमा यसबारेमा अध्ययन गरेको जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । जिल्लामा विकास भइरहेका पर्यटकीय गतिविधि र उनीहरूको बसाई लम्बिँदै जान थालेको अवस्थामा सम्भवतः गण्डकी प्रदेशमा नै पहिलो ‘हस्पीटालिटी स्कुल’ बनाउन थालिएको छ ।
सीपमूलक र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा रोजगारी दिने उद्देश्यले आदर्श अङ्ग्रेजी आवासीय मा.वि.ले आफूलाई ‘युनिक एन्ड स्मार्ट हस्पिटालिटी स्कुल’ का रूपमा प्रस्ताव गरेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका कलेज तथा स्तरीय होटेलहरूमा लगेर प्रयोगात्मक रूपमा विद्यार्थीलाई अध्यापन गराउने गरी तयारी गरिरहेको विद्यालयका प्रिन्सिपल क्षेत्रीले बताए । यो अध्यापनले पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङ तथा नजिकै रहेको पोखरामा आवश्यक पर्ने जनशक्ति उत्पादन हुने उनको भनाइ छ ।
पर्वत सहित यस क्षेत्रमा नै पहिलो पटक यस्तो खालको विषयको पढाइ हुने भएपछि पर्यटनको क्षेत्रमा थप बल पुग्ने र आफूहरूले बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने यस क्षेत्रका होटेल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् । यस क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा पर्यटकीय गतिविधि हुने ठाउँमा अध्ययन गरेर दक्ष बनेको जनशक्तिको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया