
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
चितवन । मुग्लिन नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालबाट असार २८ गते राति दुईवटा बससँगै कम्तीमा ५२ यात्रु त्रिशुलीमा खसे ।तीमध्ये ३ जना पौडिएर ज्यान बचाउन सके भने थप एक जनाको शनिबार शव भेटिएको छ । अरु यात्रुको घटना भएको २ दिनसम्म पनि अत्तोपत्तो छैन । बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन ।
बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन । सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे । तर कुनै उपलब्धी हासिल भएन । हिजो दिनभर बस खसेको ठाउँ नजिकै केन्द्रित भएर खोजी गरे पनि सो ठाउँमा बस नभएको पाइएपछि सुरक्षाकर्मीहरुको टोली शनिबार दिउँसो घटनास्थलबाट ६ सय मिटर तलसम्म गएर खोजी गर्यो । तर, कुनै उपलब्धी हात लागेन ।
सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसएसपी माधवप्रसाद पौडेलले देवघाट र घटनास्थलबाट एकसाथ खोजी सुरु गरेको बताए । उनले भने, ‘अब घटना भएको ठाउँमा बस छैन भन्ने भयो, त्यसैले आज ६ सय मिटर तलसम्म खोजी गरियो । त्यहाँ पनि कुनै भेटिने संकेत देखिएन ।’उनका अनुसार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयका तालिम प्राप्त प्रहरी र सशस्त्र प्रहरी गण आँपटारीका प्रहरीहरु मिलेर घटनास्थल र देवघाट क्षेत्रबाट खोजी सुरु गरिएको छ ।
दिउँसो करीव ४ बजेतिर सशस्त्र प्रहरी बलको एक टोली देवघाट क्षेत्रमा आएको छ । ‘अब हामीले दुई ठाउँबाट एक साथ खोजी गर्ने सोच बनायौं, एक टोली घटनास्थलबाट देवघाटतिर जान्छ, अर्को टोली देवघाटबाट माथि आउँछ’, एसएसपी पौडेलले भने, ‘नदीका किनारहरुमा पनि खोजतलास गछौं । साँझ साढे ६ बजेसम्म खोजी गरेका छौं ।’
नदीमा पानी निकै धमिलो भएको र नदी तीब्र बेगमा भएकाले सोचेजस्तो गरी काम गर्न नसकिएको उनले बताए । बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीको तालिमप्राप्त ९ जना गोताखोर परिचालन गरिएको छ । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।
शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका- ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया