
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
चितवन । मुग्लिन नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालबाट असार २८ गते राति दुईवटा बससँगै कम्तीमा ५२ यात्रु त्रिशुलीमा खसे ।तीमध्ये ३ जना पौडिएर ज्यान बचाउन सके भने थप एक जनाको शनिबार शव भेटिएको छ । अरु यात्रुको घटना भएको २ दिनसम्म पनि अत्तोपत्तो छैन । बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन ।
बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन । सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे । तर कुनै उपलब्धी हासिल भएन । हिजो दिनभर बस खसेको ठाउँ नजिकै केन्द्रित भएर खोजी गरे पनि सो ठाउँमा बस नभएको पाइएपछि सुरक्षाकर्मीहरुको टोली शनिबार दिउँसो घटनास्थलबाट ६ सय मिटर तलसम्म गएर खोजी गर्यो । तर, कुनै उपलब्धी हात लागेन ।
सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसएसपी माधवप्रसाद पौडेलले देवघाट र घटनास्थलबाट एकसाथ खोजी सुरु गरेको बताए । उनले भने, ‘अब घटना भएको ठाउँमा बस छैन भन्ने भयो, त्यसैले आज ६ सय मिटर तलसम्म खोजी गरियो । त्यहाँ पनि कुनै भेटिने संकेत देखिएन ।’उनका अनुसार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयका तालिम प्राप्त प्रहरी र सशस्त्र प्रहरी गण आँपटारीका प्रहरीहरु मिलेर घटनास्थल र देवघाट क्षेत्रबाट खोजी सुरु गरिएको छ ।
दिउँसो करीव ४ बजेतिर सशस्त्र प्रहरी बलको एक टोली देवघाट क्षेत्रमा आएको छ । ‘अब हामीले दुई ठाउँबाट एक साथ खोजी गर्ने सोच बनायौं, एक टोली घटनास्थलबाट देवघाटतिर जान्छ, अर्को टोली देवघाटबाट माथि आउँछ’, एसएसपी पौडेलले भने, ‘नदीका किनारहरुमा पनि खोजतलास गछौं । साँझ साढे ६ बजेसम्म खोजी गरेका छौं ।’
नदीमा पानी निकै धमिलो भएको र नदी तीब्र बेगमा भएकाले सोचेजस्तो गरी काम गर्न नसकिएको उनले बताए । बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीको तालिमप्राप्त ९ जना गोताखोर परिचालन गरिएको छ । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।
शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका- ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया