
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
काठमाडौं। संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गरेपछि अध्यक्ष ओली कांग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गरेका छन् ।
यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री भएका थिए। त्यसैगरी, दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। अब तेस्रो पटक २०८१ असार ३० गतेभित्र प्रधानमन्त्रीको जिम्मेवारीमा आउँदै छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यसअघि पटक–पटक सत्ता सहकार्य भइसकेको छ । मुलुकमा भएको ठुला राजनीतिक परिवर्तनमा यसअघि दुई दलविच पाँच पटक सहकार्य भएको इतिहास छ । पछिल्लो समय २०७० मा संविधान जारी गर्नेबेला दुई दलविच सत्ता सहकार्य भएको थियो ।
पछिल्लो २६ वर्षमा कांग्रेस–एमालेविच ६ पटक सत्ता सहकार्य हुन लागेको छ । सरकारी रेकर्डअनुसार पहिलो पटक वि.सं.२०५५ मा काँग्रेस–एमालेविच सत्ता सहकार्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । सो सरकारले २०५६ वैशाखमा आम निर्वाचन गराएको थियो ।
२०६१ मा कांग्रेस–एमालेविच दोस्रो पटक सत्ता सहकार्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई २०६१ चैत २१ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो । यद्यपि सो बेला देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) पार्टी बनाएका थिए ।
२०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो । दुई दलविच यो सत्ता सहकार्यको तेस्रो कार्यकाल थियो । एमालेले सहाना प्रधानको नेतृत्वमा आफ्नो दलबाट सरकारमा सहभागी गराएको थियो । चौथो पटक सत्ता सहकार्य २०६६ जेठमा भएको थियो । कांग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बनेका थिए । कांग्रेसले सुजाता कोइरालाको नेतृत्वमा दलको तर्फबाट सरकारमा मन्त्री पठाएको थियो । सो अवधिमा नेता नेपाल लामो समय कामचलाउ प्रधानमन्त्री भएर पनि जिम्मेवारी निर्वाह गरेका थिए ।
संविधानसभाबाट नयाँ संविधान जारी गर्नेगरी २०७० माघ २७ गते सुशील कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए। फागुन १३ गते एमालेको तर्फबाट सरकारमा सहभागिता भएको थियो । दुई दलविच यो पाँचौँ पटक सत्ता सहकार्य थियो । सोही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया