News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वतमा पहिरोले १ रेष्टुरेन्ट सहित ६ घर पुरयो,मध्यपहाडी र कालीगण्डकी लोकमार्ग अवरुद्ध,

    पर्वत । निरन्तरको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको विवरणहरु प्राप्त भएका छन् । गत राती देखिको अबिरल बर्षातका कारण कुश्मा २ सहस्रधारा भन्ने ठाउँमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

    रातको समयमा आएको पहिरोका कारण सोहि ठाउँमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरेको हो ।

    पहिरोको कारण अवरुद्ध उक्त स्थानको सडक खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ । यस अघि तमादीखोला र ओढारे क्षेत्रमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ ।

    उता कालीगण्डकी लोकमार्ग अन्तर्गतको मालढुंगा वेनी सडक पनि अबरुद्ध बनेको छ ।

    बर्षातका कारण मोदी २ देउपुरमा ४ वटा घरहरु पुरिएको विवरण प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी आएको र घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हालसम्म पहिरोका कारण मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीको जनाएको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ