News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    कैलाली र कञ्चनपुरमा ३ जनाको मृत्यु हुँदा ३ बेपत्ता, १३ सय परिवार प्रभावित

    धनगढी । अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कैलाली र कञ्चनपुरमा करिब १३ सय घर परिवार प्रभावित भएका छन् । कञ्चनपुरमा ११ सय बढी र कैलालीमा डेढ सय बढी परिवार गरेर झण्डै ५ हजार जना प्रभावित भएका हुन् ।

    प्रहरीको तथ्यांकअनुसार मनसुनजन्य विपद्ले कञ्चनपुरका मात्रै ३ जनाको मृत्यु भएको छ भने २ जना सम्पर्कविहीन छन् । कैलालीमा एकजना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मृत्यु हुनेमा एकजना ७ महिने शिशु पनि छन् ।

    बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो । यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटीको मृत्यु भएको छ । उनीहरुसँगै नुहाइरहेकी १६ वर्षकै आरती बोगटी बेपत्ता भएकी छन् ।

    चौदारा नदीमा माछा मार्ने क्रममा बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ