
१५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
३पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
४शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
५गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
६विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
७मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
८प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
९गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
१०पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
११मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१२वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन” धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, “करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?”
हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालिन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा आधा छ ।
आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।
विद्यार्थी संगठनहरुको संयुक्त तालाबन्दी
आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ ईञ्जीनियरिंगको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भाद्र २० अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार नेपाल विद्यार्थी संघ स्कूल अफ ईञ्जीनियरिंगका सभापति सन्दिप अधिकारी तथा अनेरास्ववियु स्कूल अफ ईञ्जीनियरिंगका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा ईञ्जीनियरिंग परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।
आन्तरिक परीक्षा समेत स्थगित
पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालिन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इञ्जीनियरिंगको आन्तरिक परीक्षा स्थगित भएको छ । हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरिक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणी भण्डारीले जनाएका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया