
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । स्याङ्जाको विरुवा गाउँपालिका–६ स्याङ्दीका माधव शर्मा, उनकी पत्नी गुञ्जेश्वरी शर्मा मरासिनी र हरिमाया शर्माले घर पुरिए पनि बाँचियो भनेर चित्त बुझाएका थिए । शनिबार बिहानै राम्चे भयरसिंह सामुदायिक वन हुँदै खसेको पहिरोले माधव–गुञ्जेश्वरीको घर पुरै पुरेको थियो । हेर्दाहेर्दै सँगै रहेको हरिमायाको पुरै घर पुरियो भने माधव–गुञ्जेश्वरीको घरमा पनि क्षति पुग्यो तर उनीहरु भने जोगिन सफल भएका थिए ।
ज्याग्दीखोला तटीय क्षेत्रका यी घरलाई सामुदायिक वन हुँदै नसोचेको ठाउँबाट पहिरो खसेर पुरेपछि उनीहरु सुरक्षित स्थानमा सरेका थिए । विरुवा–६ कै लामाखेत भन्ने ठाउँमा रहेको ईश्वरी लम्सालको घरमा उनीहरुले खाना खाँदै थिए ।
‘घर त पहिरोले पुर्यो, मान्छे बाँचियो भन्ने उहाँहरुलाई थियो । सुरक्षित स्थान भनेरै लामाखेतको ईश्वरी लम्सालको घरमा उहाँहरुलाई सारिएको थियो । जहाँ एउटा पसल र अर्को घर थियो । सुरक्षित स्थान भनेर सरको त्यहीँ घरमा पहिरो खस्यो र खाना खाँदाखाँदै तिनै जना पुरिनुभयो’, विरुवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर क्षेत्रीले घटना सुनाए, ‘यस्तो दुर्भाग्य रहेछ कि आफ्नो घरमा पहिरोबाट जोगिएर जहाँ सुरक्षित भनेर सारिएको थियो, त्यहीँ फेरि पर्नुभयो ।’
सो घरका ५ जना भने कोही भागेर बाँच्न सफल भए भने कोही घरबाहिर रहेकाले जोगिएका प्रवक्ता क्षेत्रीले सुनाए । सुरक्षित ठाउँमा आइपुगियो भनेर बसेको घरमै खाँदाखाँदै पहिरोले पुरेर बेपत्ता भएको र पछि निकाल्दा मृत्यु भइसकेको उनले बताए । ‘आजको घटनाले पुरै गाउँलाई नै विक्षिप्त बनाएको छ, बाँचियो भनेर गएका उनीहरु फेरि त्यहीँ पहिरो खसेर मारिए’, प्रवक्ता क्षेत्रीले भने, ‘कहाँनेर सुरक्षित छ र कहाँनेर जोखिम छ, यसै भन्न नसकिने रहेछ ।’
बस्तुभाउ जोगाउन खोज्दा २ जनाको मृत्यु
लगातार परेको अविरल वर्षाले घरमाथिबाट सानो पहिरो खसेपछि पर्वत फलेवास नगरपालिका वडा नम्बर १ का झलकप्रसाद शर्मा फेरि ठूलो पहिरो खस्न सक्ने देखेर बस्तुभाउ सुरक्षित स्थानमा सार्न खोज्दै थिए । उनलाई भेट्न पुगेका स्याङ्जा आँधीखेलाका तुलसीप्रसाद शर्माले पनि सघाउन लागे । त्यहीबेला फेरि घरमाथिबाट पहिरो खस्यो र घरगोठसहित उनीहरुलाई पनि पुरेको प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
झलकप्रसादको शव पहिरो हुँदै बाढीले बगाएर स्याङ्जा आँधीखोला किनार सेपत भन्ने ठाउँमा फेला परेको छ भने तुलसीप्रसादको शव पहिरो पन्छाएर निकालिएको डीएसपी भुसालले जानकारी दिए । ‘घरको बस्तुभाउ जोगाउछु भन्दा स्याङ्जाबाट भेट्न पुगेका साथीसहितले ज्यान गुमाए’, डीएसपी भुसालले भने ।
शुक्लागण्डकीमा उद्धार गर्दागर्दै ३ जना परे
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ काउरे भन्ने ठाउँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।पहिरोमा पुरिएकी काउरेकी ४० वर्षीय हिरा नेपालीको शव फेला पारिएको इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
पहिरोमा पुरिएर ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । अहिले अँध्यारो भइसकेका कारण अब भोलिमात्र खोजी कार्य हुने प्रहरीले जनाएको छ । काउरेमा बिहानै सोना नेपाली घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । पहिरोको जोखिममा रहेको हिरा नेपाली घरबाट सरसामान निकाल्दै गर्दा फेरि पहिरो खसेर उनीहरु पुरिएका हुन् ।
तनहुँको ऋषिङ गाउँपालिका– १ झापुटारस्थित निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गभन्दा बाहिर काम गरिरहेको अवस्थामा अविरल वर्षाका कारण ढुङ्गा खस्न लाग्दा एक जनाको ज्यान गएको छ । मालिङ्गा बस्ने ५० वर्षीय कृष्णबहादुर पुलामीको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–का ५१ को समलाल श्रेष्ठ घाइते भएका छन् । अविरल वर्षापछिको बाढी, पहिरोले पोखरासँग जोडिएका प्रमुख राजमार्गको आवतजावत नै प्रभावित तथा अवरुद्ध हुन पुगे । स्याङ्जामा मात्र बाढी पहिरोका १३ वटा घटना भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सेती नदीको सतह बढ्दा पोखरा रामघाटमा ताल नै बन्न पुग्यो । सेती नदीको वहाब बढ्दा पोखरा–३३ पशुपति घाटका दुई दर्जनभन्दा धेरै घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । कमलपोखरी, गैह्रीखेत लगायतका ठाउँ डुबानमै परेका छन् । पोखराका मुख्य सडक र लेकसाइड लगायतको क्षेत्र पानीका कारण जलमग्न हुन पुगेको थियो । ठूलो वर्षाका बेला पोखराको मुख्य सडकहरुबाटै ठूलो भेल नै बग्ने गर्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया