
१आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
२आठौ पर्वत महोत्सव आज देखी शुरु
३पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
४हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
५गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
६“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
७जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
८एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
९पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१०पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
११दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१२पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पोखरा । स्याङ्जाको विरुवा गाउँपालिका–६ स्याङ्दीका माधव शर्मा, उनकी पत्नी गुञ्जेश्वरी शर्मा मरासिनी र हरिमाया शर्माले घर पुरिए पनि बाँचियो भनेर चित्त बुझाएका थिए । शनिबार बिहानै राम्चे भयरसिंह सामुदायिक वन हुँदै खसेको पहिरोले माधव–गुञ्जेश्वरीको घर पुरै पुरेको थियो । हेर्दाहेर्दै सँगै रहेको हरिमायाको पुरै घर पुरियो भने माधव–गुञ्जेश्वरीको घरमा पनि क्षति पुग्यो तर उनीहरु भने जोगिन सफल भएका थिए ।
ज्याग्दीखोला तटीय क्षेत्रका यी घरलाई सामुदायिक वन हुँदै नसोचेको ठाउँबाट पहिरो खसेर पुरेपछि उनीहरु सुरक्षित स्थानमा सरेका थिए । विरुवा–६ कै लामाखेत भन्ने ठाउँमा रहेको ईश्वरी लम्सालको घरमा उनीहरुले खाना खाँदै थिए ।
‘घर त पहिरोले पुर्यो, मान्छे बाँचियो भन्ने उहाँहरुलाई थियो । सुरक्षित स्थान भनेरै लामाखेतको ईश्वरी लम्सालको घरमा उहाँहरुलाई सारिएको थियो । जहाँ एउटा पसल र अर्को घर थियो । सुरक्षित स्थान भनेर सरको त्यहीँ घरमा पहिरो खस्यो र खाना खाँदाखाँदै तिनै जना पुरिनुभयो’, विरुवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर क्षेत्रीले घटना सुनाए, ‘यस्तो दुर्भाग्य रहेछ कि आफ्नो घरमा पहिरोबाट जोगिएर जहाँ सुरक्षित भनेर सारिएको थियो, त्यहीँ फेरि पर्नुभयो ।’
सो घरका ५ जना भने कोही भागेर बाँच्न सफल भए भने कोही घरबाहिर रहेकाले जोगिएका प्रवक्ता क्षेत्रीले सुनाए । सुरक्षित ठाउँमा आइपुगियो भनेर बसेको घरमै खाँदाखाँदै पहिरोले पुरेर बेपत्ता भएको र पछि निकाल्दा मृत्यु भइसकेको उनले बताए । ‘आजको घटनाले पुरै गाउँलाई नै विक्षिप्त बनाएको छ, बाँचियो भनेर गएका उनीहरु फेरि त्यहीँ पहिरो खसेर मारिए’, प्रवक्ता क्षेत्रीले भने, ‘कहाँनेर सुरक्षित छ र कहाँनेर जोखिम छ, यसै भन्न नसकिने रहेछ ।’
बस्तुभाउ जोगाउन खोज्दा २ जनाको मृत्यु
लगातार परेको अविरल वर्षाले घरमाथिबाट सानो पहिरो खसेपछि पर्वत फलेवास नगरपालिका वडा नम्बर १ का झलकप्रसाद शर्मा फेरि ठूलो पहिरो खस्न सक्ने देखेर बस्तुभाउ सुरक्षित स्थानमा सार्न खोज्दै थिए । उनलाई भेट्न पुगेका स्याङ्जा आँधीखेलाका तुलसीप्रसाद शर्माले पनि सघाउन लागे । त्यहीबेला फेरि घरमाथिबाट पहिरो खस्यो र घरगोठसहित उनीहरुलाई पनि पुरेको प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
झलकप्रसादको शव पहिरो हुँदै बाढीले बगाएर स्याङ्जा आँधीखोला किनार सेपत भन्ने ठाउँमा फेला परेको छ भने तुलसीप्रसादको शव पहिरो पन्छाएर निकालिएको डीएसपी भुसालले जानकारी दिए । ‘घरको बस्तुभाउ जोगाउछु भन्दा स्याङ्जाबाट भेट्न पुगेका साथीसहितले ज्यान गुमाए’, डीएसपी भुसालले भने ।
शुक्लागण्डकीमा उद्धार गर्दागर्दै ३ जना परे
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ काउरे भन्ने ठाउँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।पहिरोमा पुरिएकी काउरेकी ४० वर्षीय हिरा नेपालीको शव फेला पारिएको इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
पहिरोमा पुरिएर ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । अहिले अँध्यारो भइसकेका कारण अब भोलिमात्र खोजी कार्य हुने प्रहरीले जनाएको छ । काउरेमा बिहानै सोना नेपाली घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । पहिरोको जोखिममा रहेको हिरा नेपाली घरबाट सरसामान निकाल्दै गर्दा फेरि पहिरो खसेर उनीहरु पुरिएका हुन् ।
तनहुँको ऋषिङ गाउँपालिका– १ झापुटारस्थित निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गभन्दा बाहिर काम गरिरहेको अवस्थामा अविरल वर्षाका कारण ढुङ्गा खस्न लाग्दा एक जनाको ज्यान गएको छ । मालिङ्गा बस्ने ५० वर्षीय कृष्णबहादुर पुलामीको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–का ५१ को समलाल श्रेष्ठ घाइते भएका छन् । अविरल वर्षापछिको बाढी, पहिरोले पोखरासँग जोडिएका प्रमुख राजमार्गको आवतजावत नै प्रभावित तथा अवरुद्ध हुन पुगे । स्याङ्जामा मात्र बाढी पहिरोका १३ वटा घटना भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सेती नदीको सतह बढ्दा पोखरा रामघाटमा ताल नै बन्न पुग्यो । सेती नदीको वहाब बढ्दा पोखरा–३३ पशुपति घाटका दुई दर्जनभन्दा धेरै घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । कमलपोखरी, गैह्रीखेत लगायतका ठाउँ डुबानमै परेका छन् । पोखराका मुख्य सडक र लेकसाइड लगायतको क्षेत्र पानीका कारण जलमग्न हुन पुगेको थियो । ठूलो वर्षाका बेला पोखराको मुख्य सडकहरुबाटै ठूलो भेल नै बग्ने गर्छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया