News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    गृह मन्त्रालयको सीडीओहरुलाई जिल्ला नछाड्न निर्देशन

    काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले गृह मन्त्रालयले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

    बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

    सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

    यो पनि पढ्नुहोस
    थप तीन दिन मनसुन सक्रिय हुँदा ३० जिल्ला ‘रेड जोन’मा विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्वपूर्ण रहने भएकाले प्रमुख जिल्ला अधिकारीहरूले पालिकासँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले बताए । ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्वपूर्ण छ’, सचिव अर्यालले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्नु होला ।

    प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरूलाई परिचालनका निम्ति समन्वय गर्न, सडक खुलाउने उपकरण तथा कर्मचारीहरुको व्यवस्थापन गर्न, तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका स्रोत साधन चुस्त दुरुस्त राख्न र विपदबाट पीडित परिवारसम्म पुग्न पनि गृहसचिव अर्यालले निर्देशन दिएका छन् । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएमा मन्त्रालयसँग समन्वय गर्न उनले आग्रह गरे ।

    प्रतिक्रिया

    ट्रेन्डिङ