
१आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
२आठौ पर्वत महोत्सव आज देखी शुरु
३पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
४हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
५गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
६“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
७जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
८एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
९पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१०पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
११दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१२पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पर्वत । पर्वतका पत्रकार लक्ष्मण विश्वकर्मा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पुरस्कृत हुनुभएको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा संचालित “युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम” अन्तर्गत पर्यटन प्रवर्द्धनतर्फ पर्वत जिल्लाबाट छनौट भएर पुरस्कार तथा सम्मान प्राप्त गर्नुहुनुभएको हो । विगत १ दशकदेखि पर्वतमा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका नयन न्युज डटकमका सम्पादक विश्वकर्माले विशेष रुपमा कृषि, पर्यटन, उद्यम र समाजसेवाका क्षेत्रमा जोड दिएर कलम चलाउदै आइरहनुभएको छ ।
गण्डकी प्रदेश स्तरीय उक्त प्रतियोगितामा विश्वकर्मा सँगै प्रदेशका ११ जिल्लाका १३ जनालाई युवा प्रतिभा र ३ जनालाई युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ । आइतबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि युवा प्रतिभा तथा नवउद्यमीहरुलाई मन्त्रालयका सचिव प्रकाश पौडेलले पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रदेशभित्र विभिन्न क्षेत्रमा योगदान पुर्याएका युवाहरूलाई उनिहरुले गरेको योगदानका बारेमा विशेष रुपमा जाँचबुझ गरि प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको बताउनुभयो । यस्तो पुरस्कारले युवाहरुमा आफ्नो कर्मप्रति थप लगनशीलता बढाउन प्रेरणा मिल्ने र विदेश पलायन रोक्न समेत मद्दत पुग्ने बताउनुभयो ।
युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत विभिन्न ९ वटा बिद्यामा पुरस्कार वितरण गरिएको मध्ये कृषि तथा लघु उद्यमतर्फ चामे-५, मनाङका सेराप विष्ट प्रथम पुरस्कार र काठेखोला-८, बाग्लुङका चानसिंह श्रीसले द्धितिय पुरस्कार प्राप्त गर्नुभएको छ । पर्यटन प्रर्वद्धन तर्फ पुतलीबजार नगरपालिकाका गोबिन्द मरासिनीले प्रथम र महाशिला गाउँपालिका-६, पर्वतका लक्ष्मण कुमार सुनारले (लक्ष्मण विश्वकर्मा) द्वितिय पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै
अध्ययन/अनुसन्धान/नविनता वा सिर्जनशिल कार्य तर्फ डा. म्याग्दे-२ तनहुँका नमिता पौडेल अधिकारीले प्रथम, कुश्मा-१०, पर्वतका पूर्ण प्रसाद अधिकारीले द्धितिय पुरस्कार र गोरखा नपा-९, गोरखा द ओसन क्लबका अध्यक्ष अमित खत्रीले तृतिय पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै युबा सशक्तिकरण तथा नेतृत्व विकासमा युवा सहभागिता तर्फ दोर्दी-९, लमजुङका आशिष तामाङ प्रथम पुरस्कार, समाजसेवा/स्वयंसेवा तर्फ अर्जुनचौपारी-४, स्याङ्जाका दिपक बिकले प्रथम र गल्कोट-१०, बाग्लुङका विष्णु काउचा घर्तिले दित्तिय पुरस्कार प्राप्त गर्नुभयो । रोजगारी, उद्यमशीता कला, संस्कृति, साहित्य सिर्जना तर्फ पोखरा महानगरपालिका-३, कास्कीका भुषण राज भण्डारी प्रथम पुरस्कार,विज्ञान तथा प्रविधि / संन्चार, सुचना प्रविधि तर्फ घरपझोङ-१. मुस्ताङका आदित्य रसाइली प्रथम पुरस्कार, स्वास्थ्य, सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकास तर्फ गोरखा नगरपालिका ८, गोरखा डा. विशाल केसी प्रथम पुरस्कारबाट सम्मानित हुनुभयो । विभिन्न क्षेत्रमा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ५० हजार र २५/२५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा रिजाल सेनेटरी प्याड उद्योग गैडाकोट-५. नवलपुरका बिरेन्द्र रिजाल प्रथम पुरस्कार ,शिवशक्ति एग्रो फर्म कावासोती ७, नवलपुरका सुदिप दुबाडी द्वित्तिय पुरस्कार र मग्याम कृषि तथा पशु फर्म प्रालि हरिनास-२, स्याङ्जाका आभास सिग्देलले तृतीय पुरस्कार प्राप्त गर्नुभएको छ । युवा उद्यमीले प्रथम, दित्तिय र तृतीय पुरस्कार क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया