
१आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
२आठौ पर्वत महोत्सव आज देखी शुरु
३पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
४हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
५गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
६“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
७जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
८एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
९पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१०पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
११दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१२पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो ।
‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ उहाँले भन्नुभयो । यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले युवालाई देश परिवर्तनमा लगाउनुपर्नेमा उहाँको जोड थियो । कांग्रेसले चुनावमा धाँधली गर्ने गरेकोले तिनीहरुबाट जनमत जोगाउने उद्धेश्यले २०४७ साल जेठ १ गते प्रजातान्त्रिक युवा संघ गठन गरिएको अधिकारीको भनाई थियो । हालको राष्ट्रिय युवा संघ नेपाल त्यसको निरन्तरता रहेको उहाँले खुलाउनुभयो ।
पछिल्लो समय केही जनसंगठनले पार्टीको निर्देशनको पालना नगर्ने गरेको भन्दै त्यस्तो छुट जनसंगठनलाई नहुने प्रष्ट पार्नुभयो । ‘अहिले पार्टी एउटा कुरा भन्छ, पार्टीका जनसंगठनहरु अर्को कुरा भन्न मिल्दैन, अर्को ढंगले चल्न मिल्दैन, ती पार्टीका पखेटाहरु हुन्, त्यसैले पखेटाले धेरै जोरी खोज्नुहुन्न, नीति पार्टीको लिने, साँगठनीक स्वायत्तता र धेरैंलाई गोलबन्द बनाउने काममा अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । युवा संघ पार्टीको समस्या नभएर समाधान भएको उहाँले प्रष्ट पार्नुभयो ।
मदन भण्डारीले प्रतिपादन गरेको विचारको सबैभन्दा योग्य अनुयायी वर्तमान अध्यक्ष केपी शर्मा ओली भएको कारण पटक–पटक उहाँमाथि प्रहार हुने गरेको स्थायी कमिटी सदस्य भनाई थियो । ‘जननेता मदन भण्डारीको विचारलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको केपी ओलीले हो, त्यसकारण खोजी–खोजी आक्रमण भइरहेको छ, विभिन्न बहानामा’ उहाँको दावी थियो ।
उहाँले देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र नधान्ने भन्दै आफ्नो उत्पादकत्व वृद्धि गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने भएकोले यसमा ध्यान दिन युवालाई आग्रह गर्नुभयो ।राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, युवा संघ नेपाल केन्द्रीय सदस्य बबिता सुवेदी, कास्की सचिव उमेश गुरुङ लगायतले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेका बिचारको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । उहाँहरुले भण्डारीको विचारलाई जीवन्त राख्नको निम्ती युवाहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले असार १८ गते मंगलबार बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गर्ने भएको छ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको उपस्थितिमा पोखरा महानगरपालिका वडा नं.२६ मा हुने वृक्षरोपण कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढाइएको कास्की अध्यक्ष शंकर पौडेलले बताउनुभयो ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया