
१५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
३पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
४शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
५गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
६विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
७मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
८प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
९गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
१०पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
११मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१२वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो ।
‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ उहाँले भन्नुभयो । यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले युवालाई देश परिवर्तनमा लगाउनुपर्नेमा उहाँको जोड थियो । कांग्रेसले चुनावमा धाँधली गर्ने गरेकोले तिनीहरुबाट जनमत जोगाउने उद्धेश्यले २०४७ साल जेठ १ गते प्रजातान्त्रिक युवा संघ गठन गरिएको अधिकारीको भनाई थियो । हालको राष्ट्रिय युवा संघ नेपाल त्यसको निरन्तरता रहेको उहाँले खुलाउनुभयो ।
पछिल्लो समय केही जनसंगठनले पार्टीको निर्देशनको पालना नगर्ने गरेको भन्दै त्यस्तो छुट जनसंगठनलाई नहुने प्रष्ट पार्नुभयो । ‘अहिले पार्टी एउटा कुरा भन्छ, पार्टीका जनसंगठनहरु अर्को कुरा भन्न मिल्दैन, अर्को ढंगले चल्न मिल्दैन, ती पार्टीका पखेटाहरु हुन्, त्यसैले पखेटाले धेरै जोरी खोज्नुहुन्न, नीति पार्टीको लिने, साँगठनीक स्वायत्तता र धेरैंलाई गोलबन्द बनाउने काममा अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । युवा संघ पार्टीको समस्या नभएर समाधान भएको उहाँले प्रष्ट पार्नुभयो ।
मदन भण्डारीले प्रतिपादन गरेको विचारको सबैभन्दा योग्य अनुयायी वर्तमान अध्यक्ष केपी शर्मा ओली भएको कारण पटक–पटक उहाँमाथि प्रहार हुने गरेको स्थायी कमिटी सदस्य भनाई थियो । ‘जननेता मदन भण्डारीको विचारलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको केपी ओलीले हो, त्यसकारण खोजी–खोजी आक्रमण भइरहेको छ, विभिन्न बहानामा’ उहाँको दावी थियो ।
उहाँले देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र नधान्ने भन्दै आफ्नो उत्पादकत्व वृद्धि गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने भएकोले यसमा ध्यान दिन युवालाई आग्रह गर्नुभयो ।राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, युवा संघ नेपाल केन्द्रीय सदस्य बबिता सुवेदी, कास्की सचिव उमेश गुरुङ लगायतले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेका बिचारको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । उहाँहरुले भण्डारीको विचारलाई जीवन्त राख्नको निम्ती युवाहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले असार १८ गते मंगलबार बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गर्ने भएको छ । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको उपस्थितिमा पोखरा महानगरपालिका वडा नं.२६ मा हुने वृक्षरोपण कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढाइएको कास्की अध्यक्ष शंकर पौडेलले बताउनुभयो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया