
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए ।
६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए ।५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षेत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम बिक र नविन परियार तेस्रो बने ।
४० केजी तौलसमूहमा निश्चल बिक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुन तेस्रो भए ।
३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन बिक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो भए ।यस्तै, महिला तर्फ खुल्ला तौल समूहमा नितिशा राना मगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णिमा लियो मगर र केजिया क्षेत्री तेस्रो बने । ५० केजी तौल तर्फ प्रशन्ना क्षेत्री प्रथम, निम्रित शाह दोस्रो, दिपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने ।
४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बु दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजी तौल समूहमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो भए । ३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने ।
३० केजी तौल समूहमा मनिशा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजी तौलसमूहमा प्रितिशा गिरी प्रथम, नुमा लिम्बु दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षेत्री तेस्रो भए ।
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, आयोजक प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, व्यवस्थापक गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगत कायस्थ र साउन एशियन केन्पोकाई ब्राञ्च चिफ नाराज बहादुर खड्का (हरि)ले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए ।गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महत्व दिंदै आगामी वर्षका लागि समेत आवश्यक बजेट विनियोजन गरिसकेको जनाउँदै मन्त्री थापाले भने– ‘अहिले खेलकुदमा सम्भावना समेत बढ्दै गएको छ । नेपाली खेलाडीहरुले पनि विस्तारै खेलकुदको माध्यमबाट आफ्नो व्यवसायिकतालाई अघि बढाएका छन् ।’
केन्पोकाई खेलको समेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचारा सम्बन्ध स्थापितसंगै अनुशासन कायम गर्न समेत खेलकुदको भूमिका उत्तिकै प्रभावकारी रहेको उनको भनाई थियो । खेलाडीहरुको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको बताए ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको बजेट सोचेनुरुप नआएको बताउँदै परिषद्ले बालबालिकालाई खेलकुदमा आकषर्ण बढाउन विभिन्न योजनाहरु अघि सारेको जनाए । खेलकुद बालबालिकाको मौलिक अधिकार समेत जनाउँदै उनले भने–“खेलकुदको विकासका लागि अब सबै राजनीतिक दलहरुलाई समेत बुझाउन आवश्यक छ ।”
सदस्य सचिव शर्माले राष्ट्रिय खेलाडीहरुले मासिक भत्ता प्राप्त गर्न सके त्यसले समाजमा सकरात्मक परिवर्तन आउन सक्ने जनाए ।गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगात कायस्थको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल केन्पोकाई संघ केन्द्रीय महासचिव नविन आचार्य, प्रतियोगिता संयोजक स्वयम्भू कुँवर लगायतले बोलेका थिए ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघको व्यवस्थापनमा कार्यक्रम भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया