
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार धौलागिरिकै एक्लो पर्वतको नमूना आवासिय माध्यमिक विद्यालयले नतिजा हासिल गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका अनुसार नमूना आवासिय माध्यमिक विद्यालय सफलता रिमालले चार जिपिए प्राप्त गरेकी हुन । दोस्रो स्थानमा हुवासको पर्वत इङ्लिस बोर्डिङ स्कुलकी रक्षा भण्डारी ३.९६ जिपिए सहित दोस्रो र नारायण माध्यमिक विद्यालय कुश्माका सुवास पोख्रेल ३.९१ जिपिए सहित तेस्रो स्थानमा आएका छन् ।
उत्कृष्ट १५ भित्र आएका अन्यमा नमूना अङ्ग्रेजी आवासिय मा.वि.का रोशन श्रेष्ठ, कुशल यादव, मन्दीप क्षेत्री, रिजुता शर्मा, श्रीषी पौडेल, आयुशा पौडेल, अभिमन्यू पि.सी, निर्मल जनसेवा मा.वि. त्रिवेणीका आशिष बसेल र अस्मित न्यौपाने, भवानी विद्यापिठ फलेवासका विपिन पौडेल तथा हिमालय माध्यमिक विद्यालय खुर्कोटकी प्रिती शर्मा रहेका छन् ।
प्रविधिक विद्यालयतर्फ माटेदेवल जनसहयोगी माध्यमिक विद्यालयबाट प्रतिक शर्मा र आशिष थापा क्षेत्री तथा नवजागृत मा।वि। तिलाहारका रोशन कुँवरले पनि उत्कृष्ट नतिजा ल्याएका छन् । यी १८ जनामध्येका सात जना सामुदायिक विद्यालयतर्फका विद्यार्थी हुन भने बाँकी ११ जना निजी विद्यालयका विद्यार्थी हुन् । सामुदायिकतर्फ नारायण माध्यमिक विद्यालयका सुवास पोख्रैेल जिल्लामा नै सार्वोत्कृष्ट भएका छन् ।
समग्र तथ्याङ्क हेर्दा पर्वतबाट ४ जिपिए ल्याउने एक जना, ३.६ देखि ३.९९ सम्म एक सय १६ जना, ३.२ देखि ३.५९ सम्म दुई सय ७५ जना, २.८ देखि ३.१९ सम्म तीन सय ५१ जना, २.४ देखि २.७९ सम्म दुई सय ११ जना, २ देखि २.३९ सम्म पाँच जना रहेका छन् । कुल नौ सय ७८ जना विद्यार्थी उत्तिर्ण हुँद एक वा दुई विषयमा नन ग्रेड आएकाको सङ्ख्या पाँच सय २८ रहेको छ भने तीन वा त्यो भन्दा बढी विषयमा नन ग्रेड आएकाहरुको सङ्ख्या चार सय ७४ रहेको छ ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा एस इ.ई मा पर्वतबाट दुई हजार भन्दा बढ विद्यार्थी सहभागी भएका थिए । जिल्लाका सात वटा स्थानीय तहमा रहेका विभिन्न १७ वटा विद्यालयहरूबाट दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उनीहरु साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना थिए ।
बोर्डका अनुसार देशभरबाट कुल चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा एक सय ८६ जनाको चार जिपिए आउँदा दुई लाख ४२ हजार ९२ जनाको नतिजा नन ग्रेड आएको छ । परीक्षामा सहभागीमध्येका ४७.८६ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुँदा ५२.१४ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ। ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्ने भनिएको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया