
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार सम्पन्न्न नगरसभाको १५ औँ अधिवेशनवाट आगामी आर्थिक वर्ष ०८१र८२ को बजेट नीति तथा कार्यक्रम पारित गरिएको हो । फलेवासले आगामी आर्थिक वर्षका लागि रु।७१ करोड२८ लाख ८० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट मध्ये पुँजीगत तर्फ १८ करोड ६ लाख अर्थात २५ दशमलब ३ प्रतिशत तथा चालु खर्च तर्फ ५३ करोड २२ लाख ४२ हजार अर्थात ७४ दशमलब ७ प्रतिशत रहेको छ ।
पुँजीगतमा शशर्त तर्फ रु ९ करोड ३६ लाख ३८ हजार र आन्तरिक तर्फ रु।८ करोड ७० लाख गरी कुुल रु १८ करोड ६ लाख ३८ हजार बिनीयोजन गरिएको हो भने चालु वजेट शशर्त तर्फ रु ३६ करोड १६ लाख १३ हजार र आन्तरिक तर्फ रु ९ करोड ३३ लाख ६० हजार बिनीयोजन गरिएको छ ।
प्रस्तुत बजेट मध्ये नगरको आर्थिक विकासको क्षेत्रमा रु। ४ करोड ६८ लाख ३६ हजार बिनीयोजन भएको छ भने सामाजिक विकास तर्फ ३९ करोड ८८ लाख, पुर्वाधार तर्फ १८ करोड ६ लाख ३८ हजार बिनीयोजन गरेको उपप्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
उपप्रमुख क्षेत्रीका अनुसार वातावरण तथा विपद व्यवस्थापनमा ८२ लाख, संस्थागत विकासतर्फ ५२ लाख, कार्यालय संचालनका लागि ९ करोड ३३ लाख ६० हजार बिनीयोजन गरिएको छ ।
नगरले कृषि क्षेत्रको विकासका लागि पुर्वाधार क्षेत्रमा विभिन्न १८ वटा योजनामा बजेट बिनीयोजन गरिएको हो । मुख्यतया नगरभित्रका सडकहरुको स्तरोन्नतीलाई जोड दिईएको छ भने नगरपालिकाको निर्माणाधिन भवन, विभिन्न वडा कार्यालय र संघीय सरकारको सहयोगमा श्रममुलक सार्वजनिक निर्माण कार्यको लागि रु। ५ करोड ५० लाख ३८ हजार बिनीयोजन गरिएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका पुर्वाधारको विकासका लागि विभिन्न साझेदारीमुलक कार्यक्रममा पनि बजेट व्यवस्थापन गरिएको उपप्रमुख क्षेत्रीले बताउनुभयो ।
यसअघि नगरको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गंगाधर तिवारीले समृद्ध फलेवास नगर, खुसी नगरवासीको नारालाई साकार बनाउनका लागि विभिन्न कार्यक्रम थालनी गरिएको बताउनुभयो । फलेवासले पहिलोपटक बाँदर नियन्त्रणको योजना अघि सारेको छ ।
बढ्दो बाँदरको आतंक न्यूनिकरण गर्नका लागि विशेष योजना अघि सारीएको हो । त्यसैगरी पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना, उत्पादन साथमा अनुदान हातमा कार्यक्रम, परदेशको ज्ञान, फलेवासको माटोमा योगदान जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यसका लागि बजेट समेत व्यवस्थापन गरिएको नगरप्रमुख तिवारीले बताउनुभयो । नगपालिकाले आफ्नै अपनत्वमा तीनवटा एम्बुलेन्स संचालन गर्ने योजना समेत बनाएको छ । चौविसै घण्टा सेवा दिनेगरी नगरको कार्कीनेटा, भँगरा र फलेवास क्षेत्रमा तीनवटा एम्वुलेन्स संचालन गर्न थालिएको हो । त्यसैगरी विपन्न र असहाय नागरिकसँग नगरपालिका कार्यक्रम, खरको छाना विस्थापन अभियान, लगायतका कार्यक्रम पनि संचालन गरिने नगरप्रमुखले निति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया