
१आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
२आठौ पर्वत महोत्सव आज देखी शुरु
३पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
४हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
५गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
६“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
७जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
८एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
९पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१०पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
११दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१२पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
पोखरा । युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई हटाएर सकारात्मकता तर्फ सवैले जोड दिनुपर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै अर्का प्रशिक्षक डाक्टर क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डाक्टर दिपेन्द्रमान श्रेष्ठले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर वढ्दो मात्रामा रहेकाले त्यस तर्फ महिला दिदीबहिनीहरु सचेत हुन आवश्यक रहेको वताए । महिला दिदी बहिनीहरुले आफ्ना समस्यालाई चिकित्सक समक्ष प्रष्ट राख्न हिच्किच्याउने भएका कारण महिला दिदीबहिनीहरुमा पाठेघरको क्यान्सर देखा पर्दा समेत रोग लुकाएर राख्ने प्रचलन पछिल्लो समय देखिएको उनको भनाइ रहेको थियो । त्यसैगरी धुम्रपान, विभिन्न खानपानका कारण समेत विभिन्न प्रकारका क्यान्सरहरु लाग्ने गरेकाले समय समयमा यसको बारेमा चेकजाँच गर्न सके यसबाट बच्न सकिने डाक्टर श्रेष्ठले बताए ।
त्यस्तै श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कोषाध्यक्ष जयन्त कुमार राजभण्डारीले पछिल्लो समय मानिसहरु तनाबका कारण डिप्रेशन वढिरहेको र क्यान्सरका विरामीहरु समेत वढिरहेको अवस्थामा युनाइटेड क्लवले तनाव ब्यवस्थापन र क्यान्सर रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाइटेड क्लबको हरेक काम स्रहानिय रहेको उनको भनाइ रहेको थियो ।
त्यस्तै माछापुच्छ«े महिला समुुहका अध्यक्ष जुना माया बोहोराले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेकोमा अहिलेको विद्यमान चुनौतीको रुपमा रहेको तनाव ब्यवस्थापन र क्यान्सर रोगको बारेमा प्रशिक्षण गराएकोमा आभार प्रकट गरे ।
सो अवसरमा युनाइटेड क्लबले डाक्टर योगी बिकासानन्दले पोखरामा स्थापना गर्न लागेको आश्रमको सहयोगार्थ नगद ५० हजार रुपैया प्रदान गरिएको थियो । त्यस्तै एनिमल लभर गु्रप पोखराले युनाइटेड क्लबलाई पोखरा १० भित्र सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानी वितरण गर्नका लागि ४ वटा भाँडा समेत प्रदान गरिएको थियो । सो माटोको भाँडा वितरण गर्दै एनिमल लभर गु्रपका सदस्य बिना बज्राचार्यले आफुहरुले विगत लामो समयदेखी पोखरामा सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानीहरु वितरण गर्दै आइरहेको र युनाइटेड क्लबले सामाजिक काममा अग्रसर भइरहेको सन्दर्भमा सडकमा आश्रित जनावरहरुलाई समेत संरक्षण गर्न सहयोग पुुगोस भन्ने अभिप्रायले वडा नम्बर १० भित्र रहेका सडक आश्रित जनावरलाई खाना र पानी दिनको लागि ४ वटा भाँडा वितरण गरेको वताइन ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काम संगै हरेक वर्ष विभिन्न प्रशिक्षाणात्मक कार्यक्रम गर्दै आइरहेकोमा यो पटक तनाव ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वताए । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा ४ सयको सहभागीता रहेको थियोभने कार्यक्रममा क्लवबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको संयोजन क्लबका सह कोषाध्यक्ष सीमा गुरुङले गरेकी थिइन ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया