News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको छ ।सो कार्यक्रममा  यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको अधिकारका लागि तीनै तहका सरकारका साथै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिईएको छ ।

    शनिवार विहान कुश्माबजारमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको मानवअधिकार सम्वन्धि छलफल कार्यक्रममा यस्ता विषयमा संवेदनशिल हुनुपर्नेमा आवाज उठेको हो । अझैपनि यस्ता खालका पिडित व्यक्तिहरुले उचित न्याय निरुपण पाउन नसकेको बताउँदै संविधानमा लेखिएको अधिकार पालनामा ध्यान दिनुपर्ने उनिहरुको भनाई थियो ।

    राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराले आयोजना गरेको छलफल कार्यक्रममा कानून ब्यावसायी दिलिप पौडेल, हरिनारायण रेग्मी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल, समाजसेवी पृथ्वीनारायण शर्मा, समाजसेवी मानकुमारी गिरी, महिला अकिारकर्मी सरिता भण्डारी, माया अधिकारी, मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका अधिकृत टंक खनाल लगायतले बोलेका  थियो ।  कार्यक्रम नागरिक समाज सञ्जाल पर्वतका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया