
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ ।
शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित रकममध्ये नगर सभाद्वारा बाँडफाँटयोग्य रकम ३९ करोड ४५ लाख मध्ये चालु खर्च तर्फ एकमुष्ट १५ करोड १६ लाख र पुँजीगत खर्चतर्फ वडागत योजना तथा कार्यक्रमका लागि पाँच करोड १५ लाख विनियोजन भएको छ ।
नगर स्तरीय पूर्वाधार कार्यक्रममा पाँच करोड ८० लाख, सामाजिक विकासतर्फ तीन करोड १४ लाख, आर्थिक विकास तर्फ एक करोड ३० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा एक करोड ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन तर्फ एक करोड १० लाख, समपूरक कोषतर्फ १ करोड ५० लाख विनियोजन भएको छ । यस्तै चालु आर्थिक वर्षमा भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको छ ।
चालुतर्फ ५५।७७ प्रतिशत र पुँजीगत ४४।२३ प्रतिशत विनियोजन भएको छ। सङ्घीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित शसर्त, समपूरक र विशेष अनुदान तर्फका ५२ करोड ६७ लाख ७२ हजार बराबरका योजना तथा कार्यक्रमहरू तोकिए बमोजिम नै खर्च हुने छ ।
केरा पकेट विकास कार्यक्रम, कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अद्यावधिक कार्यक्रम, रैथाने वाली प्रवर्द्धन कार्यक्रम, किसान सूचीकरण, एक गाउँ एक प्राविधिक लगायतका कार्यक्रम सञ्चालन गर्ने ६० लाख ८८ हजार, नगर प्रमुखसँग उद्यमशीलता कार्यक्रमका लागि ३० लाख, नगरप्रमुख रोजगार कार्यक्रमका लागि १० लाख विनियोजन हुँदा युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजनामा सङ्घीय सरकारबाट ५८ लाख बजेट प्राप्त भएको छ ।
शिक्षाको विकासका लागि पूर्वाधार, शैक्षिक सुधार र शिक्षकहरूको तालिम, विद्यालय स्तरमा वार्षिक परीक्षा सञ्चालन, उत्कृष्ट अङ्क हासिल गर्ने शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन भएको नगर उपप्रमुख रिजालले जनाएकी हुन् ।
नगर प्रमुखसँग विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम र स्वर्णिम अवकाश योजना मार्फत अवकाश लिने शिक्षकलाई प्रोत्साहन गर्न ३० लाख बजेटको विनियोजन भएको छ । विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन १७ लाख ९४ हजार, विद्यार्थीलाई दिवा खाजाको लागि ७५ लाख ६८ हजार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा खेलकुदका लागि ३० लाख तथा सुत्केरीसँग उपप्रमुख कार्यक्रम लाई निरन्तरता दिन १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
नगरको प्रशासनिक भवन निर्माण गर्नका लागि पाँच करोड, सबै वडाको सडक, सिँचाइ, खानेपानी पूर्वाधार निर्माणको लागि पाँच करोड १५ लाख, रणनीतिक महत्त्व बोकेका स्थानहरूमा झोलुङ्गे पुलको निर्माणका लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । प्रकोप व्यवस्थापन कोषमा ५० लाख, मनसुनजन्य विपत् पश्चात् निर्माण गरिने आवासमा समपूरकका लागि ५० लाख, फोहर मैला व्यवस्थापनका लागि ३० लाख, न्यायिक समितिलाई प्रभावकारी बनाउन १५ लाख विनियोजन भएको छ ।
यो बजेटले आम नगरवासीको विकास प्रतिको उत्कृष्ट आंकाक्षालाई साकार पार्न, नगरको ऐतिहासिक सांस्कृतिक पर्यटकीय महत्वलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव एवं बन्धुत्व विकास र समग्र नगरको विकास तथा समृद्धिको महत्वलाई थप उजागर गर्ने विश्वास कुश्मा नगरपालिकाले लिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया