
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे । ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने ।
यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए ।
‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’ पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ ।
‘आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ उनी थप्छन्, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो । … विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ।’ नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै उनले थपे, ‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ ।’
यसका सम्बन्धमा सरकारलाई जवाफ दिन लगाउने गरी रुलिङ गर्न सभामुखसँग माग गरे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने माग गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभेद अन्त्यका लागि जनयुद्ध लडेर आएको, एमाले विभेद अनत्य गर्नका लागि आएको उल्लेख गर्दै उनले थपे, ‘के यही सरकारमा यही विभेद जारी रहन्छ ?’ उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे, ‘के तपाईंको देशमा (तपाईंले नेतृत्व गरिहेको अवस्थामा) गरिब बस्न नहुने ?’
गरिबहरू बेरोजगार भएर विदेश गइरहेको सिंहले बताए । ‘जो यो देशमा रोजगारी गर्न चाहन्छ, त्यसले लठ्ठी खानुपर्ने ? टाउको फुटाउनुपर्ने ?’ उनले भने, ‘अन्यायले न्याय पाउनुपर्छ । कबाड व्यवसायीको आन्दोलनमा हामी साथमा छौं । केही भयो भने सम्पूर्ण सांसद त्यही गएर उभिन्छौं । जसलाई लठ्ठी चलाउनु छ चलाओस्, गोली हान्नु छ हानोस् ।’
कबाड व्यवसायीहरूले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै उनले विरोध पनि गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया