SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/५ गते
    ३५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।

    बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे । ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने ।

    यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए ।

    ‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’ पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ ।

    ‘आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ उनी थप्छन्, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो । … विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ।’ नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै उनले थपे, ‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ ।’

    यसका सम्बन्धमा सरकारलाई जवाफ दिन लगाउने गरी रुलिङ गर्न सभामुखसँग माग गरे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने माग गरे ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभेद अन्त्यका लागि जनयुद्ध लडेर आएको, एमाले विभेद अनत्य गर्नका लागि आएको उल्लेख गर्दै उनले थपे, ‘के यही सरकारमा यही विभेद जारी रहन्छ ?’ उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे, ‘के तपाईंको देशमा (तपाईंले नेतृत्व गरिहेको अवस्थामा) गरिब बस्न नहुने ?’

    गरिबहरू बेरोजगार भएर विदेश गइरहेको सिंहले बताए । ‘जो यो देशमा रोजगारी गर्न चाहन्छ, त्यसले लठ्ठी खानुपर्ने ? टाउको फुटाउनुपर्ने ?’ उनले भने, ‘अन्यायले न्याय पाउनुपर्छ । कबाड व्यवसायीको आन्दोलनमा हामी साथमा छौं । केही भयो भने सम्पूर्ण सांसद त्यही गएर उभिन्छौं । जसलाई लठ्ठी चलाउनु छ चलाओस्, गोली हान्नु छ हानोस् ।’

    कबाड व्यवसायीहरूले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै उनले विरोध पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शनिबार पोखरामा एमालेको बृहत् जागरण सभा – १८ हजार जना उतार्ने तयारी

    पोखरा। नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र...

    ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन ः शिक्षक महासंघ

    काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले...

    शिक्षा, सम्मान र सांस्कृतिक कार्यक्रमसँगै सम्पन्न भयो एकता विद्यालयको वार्षिकोत्सव

    पोखरा। पोखरा महानगरपालिका–५ स्थित लायन्स चिल्ड्रेन पार्क परिसरमा रहेको एकता आवासीय माध्यमिक विद्यालयको २१औं वार्षिकोत्सव,...

    पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता हुने

    तनहुँ ।तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन दोस्रो...

    घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले शुभकामना आदान प्रदान

    शिशिर, पोखरा। पोखरा १९ घार्मीमा रहेको घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं