News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो ।

    उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरे ।

    तीन दिन सम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ