News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं : पूर्व मुख्यमन्त्री अधिकारी

    राजाराम पौडेल ,पोखरा । नेकपा (एमाले)स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा आयोजित नेकपा (एमाले)बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो ।त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप ९पीपीपी० मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।
    विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    ‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उहाँले थप्नुभयो ।
    नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गर्नुभयो ।

    प्रतिक्रिया

    ट्रेन्डिङ