
१आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
२आठौ पर्वत महोत्सव आज देखी शुरु
३पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
४हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
५गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
६“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
७जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
८एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
९पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
१०पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
११दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१२पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
६पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।
उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताउनुभयो ।भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुयभो । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गर्नुभयो ।
हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उहाँको भनाई छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको उहाँको भनाई थियो । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताउनुभयो । जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उहाँको भनाई थियो ।
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो । नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताउनुभयो ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।मानिसको दुई जात महिला र पुरुषमात्र भएकाले सबैले आत्मसम्मानसहित बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
प्रतिक्रिया