News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    कास्की बचतको बजेट निर्माण तालिम

    पोखरा। कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिनुभयो ।

    तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्ल·न गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

    कास्की वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेमा सहकारी समस्यामा नपर्ने उल्लेख गर्नुभयो ।

    कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिनाले बोल्नुभएको थियो ।

    प्रतिक्रिया

    ट्रेन्डिङ