
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत। पर्वत जिल्ला अदालतले अदालतमा सेवा लिन आएका जेष्ठ नागरिकलाई अदालतको मुल प्रबेशद्वारमा नै स्वागत र सम्मान गर्न थालेको छ । अदालतको सेवालाई चुस्तदुरुस्त र छितोछरितो सँगै सम्मानजनक बनाउन पर्वत जिल्ला अदालतले यस्तो अभियान सञ्चालन गरेको हो ।
अदालतका प्रशासन प्रमुख एवं श्रेष्तेदार राजु ढुंगानाका अनुसार ६५ बर्ष उमेर पुगेका जेष्ठनागरिकलाई गेटमा पुगेर स्वागत गर्ने र सम्मानजनक रुपमा आइटी कक्षमा राखेर छिटो छरितो सेवा प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले समग्र न्याय प्रणालीलाई सफल बनाउन सहयोग पुगोस् भन्ने हेतुले पर्वत अदालतले नयाँ नयाँ कार्यहरुको शुरुवात गरेको समेत जानकारी दिनुभयो ।
पर्वत जिल्ला अदालतले पछिल्लो समय सेवाग्राही मैत्री सेवा प्रदान सँगै कार्यालयको व्यवस्थापनमा समेत महत्वपूणर् कार्य गरिरहेको छ । जस अुनसार २०५० साल देखि ढड्डामा थन्किएका मिसिलहरुलाई कम्प्युटरमा अभिलेखिकरण गर्ने कार्य समेत भइरहेको ढुंगानाले बताउनुभयो । पछिल्लो समय न्यायिक सेवा झण्झटिलो बन्दै गएको गुनासो आइरहेका बेला पर्वत अदालतमा भने मुद्वा फैसला तथा फैसला कार्यान्वयनको अवस्था अन्य अदालतको तुलनामा तिब्र र छिटो छरितो भएको पाइएको छ । गत आर्थिक बर्ष ०७९।८० मा ८२ प्रतिशत प्रगति हासिल गरेर देशकै अग्रपंक्तिमा देखिएको पर्वत अदालत चालु आर्थिक बर्ष पनि करिव १० महिना अगावै लक्ष्य भन्दा बढी प्रगति हासिल गरिसकेको ढुंगानाले बताउनुभयो । पर्वत अदालतले १० महिनामा नै ७५ प्रतिशत प्रगति हासिल गरिसकेको र धेरै मुद्धाहरु अन्तिम चरणमा रहेको अदालतका कर्मचारी विनोद भूसालले जानकारी दिनुभयो ।
करिव दुई बर्ष यता देखि अदालतमा मुद्धा सुनुवाई प्रक्रिया छिटो छरितो भएको र सेवाग्राहीहरुको गुनासो समेत खासै सुन्नु नपरेको अदालतमा कार्यरत कर्मचारी रामचन्द्र रेग्मीले बताउनुभयो । कार्यालयमा श्रेष्तेदार ढुंगाना भित्रिएपछि कार्यालयको आन्तरिक काम मात्रै नभई सम्पूणर् व्यस्थापनमा फेरबदल आएको कर्मचारी ऋषिराम पौडेलले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया