News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पोखरामा साईकल चोरी तथा किनबेच गर्ने ४ जना पक्राउ

    पोखरा । पोखरामा साईकल चोरी तथा किनबेच गर्ने २ जना नाबालकसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ५ जिरो बस्ने बर्ष १४ र १७ का दुईजना बालक, स्याङजा फेदिखोला गाउँपालिका ६ घर भई पोखरा जिरोमा बस्दै आएका बर्ष २४ को मदन सुनार र सिन्धुपाल्चोक घर पोखरा जिरोमा फर्निचर संचालन गर्दै आएका बर्ष ५१ को भिमसेन थामी रहेका छन् ।

    शुक्रबार साँझ ६ बजेतिर थामीको उद्योगबाट शंकास्पद अवस्थामा चोरीका साईकलहरु किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसमेत वरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ