SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/१९ गते
    ३१८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुुई दिवसीय सम्मेलन पोखरामा शनिवारदेखि सुुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुुरु गर्न पाएकोमा खुुशी व्यक्त गरे । उनले पुुस्तकालय बचाउनुु पर्छ, यसको दायरा फराकिलो बनाउनुु पर्छ भन्दै आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।उनले समयानुुकुुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुुस्तकालयले काम गरिरहेकाले चुुुनौतिको सामना गर्दै नयाँ प्रविधिकासाथ अगाडि बढ्र्न पे्ररित गरे ।

    पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तरक्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता,नेतृत्व विकास, बाल यौन हिंसाबारे सचेतना,युवा उद्यमशील तालिम,कम्प्युटर तालिम लगायतका पुस्तकालयका गतिविधिका तारिफ गरेका थिए ।

    दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारीले स्वागत गर्दै जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्वलाई जोड दिंदै किशोरीहरूलाई डिजिटल प्रविधिमा आधारितशिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श

    प्लेटफर्म टेक एज गल्र्स कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकाहरूलाई मनोसामाजिक परामर्श दिदै किशोरी र महिलाहरूको स्वास्थ्यसम्बन्धी सचेतनार कानुनी साक्षरता लगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।

    शिक्षामन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति,निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनुु पर्ने वताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकलायहरुको ठूलो योगदान रहेको वताए ।

    पोखरा सार्वजनिक पुस्तकालयका सचिव सुुर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि वृहत रूपमा पुस्तक सङ्कलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहाँसलाई स्मरण गराउँदै २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान रहेको वताए । उनले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।

    कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामदायिक पस्तकालयका उपाध्यक्ष श्री निर्मला पौडेल , पोखरा महानगर वडा नं ११का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दीपशिखा सामुदायिक पुस्तकालयकी सदस्य मीन कुमारी डल्लाकोटीले गरेकी थिईन् । गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब १०० को हाराहारीमा रहेको देखिन्छ ।अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ रहेको छ ।दुुई दिनसम्म चल्ने सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरु बीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने गरी घोषणापत्र जारी गर्ने वताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं