News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    गण्डकीको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा

    गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा शर्मालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

    ठ्याक्कै एक वर्ष अघि जेठ १७ गते उनलाई पहिलो कार्यकालमा पनि मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

    म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीसँग पराजित भएका हुन् ।

    शर्माले म्याग्दीमा नै वकालतको काम गर्दै आएका थिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ