
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर निजि विद्यालय तर्फ आकर्षित भएका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या समेत न्यून हुँदै गएको छ ।
यस्तो अवस्थामा निजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्धेश्यले पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले सक्रियता बढाएका छन् ।
अध्यक्ष गुरुङले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीहरुसँग शैक्षिक अन्तरक्रिया गरेका छन् । वैशाख १६ गतेदेखि शुरु भएको अभियान भोली बिहीवार शालिग्राम माविमा कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तरक्रियाका क्रममा थुुप्रै सुझावहरु संकलन गरिएको र सोहि सुझाव सल्लाहाका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने बताए । सवै विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन शुरुवात गर्नुपर्ने सुझावहरु बढि आएका छन् । यसका लागि शिक्षकहरुलाई आवश्यक तालिम तथा क्षमता अभिबृद्धि गराएर गुणस्तर सुधारमा लगाईने उनले बताए ।
सवै वडामा अन्तरक्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सवै विद्यालयका प्रअहरुबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखिनै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने बताए ।
अहिलेका बालबालिकाहरु भविष्यका कणर्धार हुन । उनिहरुको भविष्य उज्ज्वल बनाउनका लागि शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । शिक्षकहरु कम्तिमा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति इमान्दार हुने हो भने गुणस्तर सुधार तत्काल हुने बताए । त्यसका लागि अभिभावक र जनप्रतिनिधिहरुले समेत बातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले अहिले ६० प्रतिशत विद्यार्थी उत्तिणर् भएकोमा यसलाई ९० प्रतिशत पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना तिवारीले शिक्षाको गुणस्तर राम्रो नभएसम्म दक्ष जनशक्ति उत्पादन नहुने बताईन । सामुदायिक विद्यालयलाई सुधार नगर्नेहो भने केहि वर्षमा गाउँ खाली हुँदै जाने समस्या एकातिर रहेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिको अभाव पनि खड्किरहने भएकाले पालिकाले शिक्षालाई जोड दिएको उनको भनाई छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया