
१“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
२आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
३आठौ पर्वत महोत्सव आज देखी शुरु
४पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
५हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
६गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
७“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
८जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
११पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१२दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१०एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले सर्वोच्चमा रिट दर्ता गराएको हो ।
यो रिटको पेसी पर्सी वैशाख २७ गतेलाई तोकिएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् । जसमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्ण धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ।
हाँस्यास्पद कुरा त, सरकारले पाएको विश्वासको मतको विषयमा प्रदेश प्रमुख संलग्न नहुँदा पनि पहिलो नम्बरमै प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ । यसअघि नै प्रदेश प्रमुख विरुद्धको मुद्धामा सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा खगराज अधिकारीलाई नियुक्त गर्ने कामलाई वैधानिकता दिइसकेको छ ।
सर्वोच्चकै आदेश अनुसार मुख्यमन्त्री अधिकारी निरन्तर पदमा रही विश्वासको मत लिने अवस्थासम्म पुगेका हुन् । प्रदेशसभा सचिवालय र सभामुखबाट भएका कार्यमा पनि काँग्रेस नेता पाण्डेले पहिलो नम्बरमै यसपटक पनि प्रदेश प्रमुखलाई विपक्षी बनाएर मुछेका छन् ।
रिटमा कोशीको नजिर, संविधानले तोकेको सभामुखको भूमिका र अघिल्लो रिटमा समेत गरिएको व्याख्यालाई आधार बनाउँदै मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत गैरकानुनी भएकाले बदर हुनुपर्ने जिकिर गरिएको छ ।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको प्रस्तावमा सभामुख धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । ६० सदस्य भएको प्रदेश सभामा ३१ जनालाई बहुमत मान्नुपर्नेमा ३० जनालाई बहुमत मानेर घोषणा गरिएको भन्दै यसविरुद्ध रिट दायर भएको हो ।
यसअघि नै प्रदेश प्रमुख विरुद्धको मुद्धामा सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा खगराज अधिकारीलाई नियुक्त गर्ने कामलाई वैधानिकता दिइसकेको छ । सर्वोच्चकै आदेश अनुसार मुख्यमन्त्री अधिकारी निरन्तर पदमा रही विश्वासको मत लिने अवस्थासम्म पुगेका हुन् । प्रदेशसभा र सभामुखबाट भएका कार्यमा पनि काँग्रेस नेता पाण्डेले पहिलो नम्बरमै यसपटक पनि प्रदेश प्रमुखलाई विपक्षी बनाएर मुछेका छन् ।
‘विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाई विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/१/२३ मा विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,’ पाण्डेले भनेका छन् ।
त्यस्तै, मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ ।
यसै गरी मुख्यमन्त्री अधिकारीको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनका लागि परमादेश जारी हुनुपर्ने माग गरिएको छ । खगराज अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत पाउन असफल भएका कारण अब स्वतः उपधारा ३ को प्रक्रियामा जानुपर्ने उनको रिटमा माग गरिएको छ ।
संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया