News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    नेष्डो नेपालको ३०औं स्थापना दिवस एवम् संस्थापक अध्यक्षको शुभजन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुदै

    पर्वत । पर्वतको कुश्मा आज नेष्डो नेपालको ३०औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष  विश्व प्रकाश प्रसाईको शुभजन्मोत्सवको पावन अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको जानकारी लागि पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

    बिगत ३० बर्षदेखि यस सस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिदै आएको छ । कार्यक्रमा बोल्दै सस्थाका संस्थापक अध्यक्ष  विश्व प्रकाश प्रसाईले भोलीबाट सुरुहुने सप्ताहव्यापी कार्यक्रमको चरणबद्ध रुपमा जानकारी गराउनुभएको थियो ।

    साथै नेष्डो नेपाल सबैको साझा घर भएकाले सबैजनालाई समान निमन्त्रणा रहेको र घरमा आउने पाहुनालाई यथोचित सम्मान गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष सन्तोष थापा र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले जन्मदिनको शुभकामना साथै कार्यक्रम भब्य सफलताको शुभकामना दिनुभएको थियो ।

    संस्थापक अध्यक्ष  विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालान प्रेस युनियनको अध्यक्ष उत्तम अधिकारीले गर्नुभएको थियो ।

    सप्ताहव्यापी कार्यक्रमको तालिका यसप्रकार रहेको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ