News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

    काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज (शनिबार) विज्ञापन गर्दै आयोगले ४ हजार चार सय ६२ शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

    आयोगले खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि छुट्टा–छुट्टै कोटा छुट्याएर खुला गरेको हो ।

    आयोगले कोशीमा एक हजार ७७, मधेशमा पाँच सय आठ, बागमतीमा एक हजार एक सय तीन, गण्डकीमा आठ सय, लुम्बिनीमा चार सय ९५, कर्णालीमा एक सय ७७ र सुदूरपश्चिममा तीन सय दुई गरी चार हजार चार सय ६२ रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।https://online.tsc.gov.np

    प्रतिक्रिया

    ट्रेन्डिङ