
१“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
२आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
३आठौ पर्वत महोत्सव आज देखी शुरु
४पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
५हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
६गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
७“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
८जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
११पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१२दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१०एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग गरे । उनले मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका प्रमुखमार्फत चाँडै नै उडान निरन्तरतामा पहल गर्नुपर्ने उनको भनाइ थियो । २ वर्षअघि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लालबाबु राउतको पालामा बुद्ध एयरले दुई सहरबीच उडान सुरु गरे पनि १ वर्षयता रोकिएको छ । नेपालका ६ महानगरमध्ये पोखरा र वीरगञ्जबीच आपसमा धार्मिक एवं पर्यटकीय सम्भावना छन् ।
प्रमुख अतिथि टेवान अध्यक्ष कमला गिरीले पोखरा र वीरगञ्जका उद्योग व्यवसायीबीच आपसी सहकार्यमा जोड दिइन् । उनले गण्डकीका ११ वटै जिल्लामा टेवानको कार्यक्रम भए पनि अन्तरप्रदेशबीच पनि विविध पर्यटनसम्बद्ध कार्यक्रम गर्नुपर्छ भन्ने सोचका लागि पहिलो पल्ट कार्यक्रम लिएर मधेश प्रदेश आएको बताइन् । वीरगञ्ज औद्योगिकमात्र नभई धार्मिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको ठाउँ रहेकोले पर्यटनको राधजानी पोखरासँग विविध विषयमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन र संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले संघका गतिविधिबारे बताए । कार्यक्रममा टेवान सचिव एवं पर्यटन प्रवद्र्धन कार्यक्रम संयोजक शोभा अधिकारी पौडेल, टेवान उपाध्यक्ष प्रभा सुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघ सदस्य नीलम सिंह, अर्का सदस्य अनुज अग्रवाल लगायतले दुवै सहरको पर्यटकीय सम्भावनाका बारेमा बोलेका थिए ।
अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रियाका लागि बिहीबार पोखराबाट भ्रमणका लागि निस्केको टेवानको टोलीमा संस्थामा आबद्ध सदस्यसहित विभिन्न संघसंस्थाका गरी करिब २२ जना सहभागी छन् ।टोलीले भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै सरोकारवालासँग अन्तरक्रिया गर्ने टेवान अध्यक्ष कमला गिरीले बताइन् । त्यस क्षेत्रका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पर्यटन संघसंस्था, धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहनेछ ।
साथै, टोलीले गढीमाई मन्दिरसहित भरत ताल, जनकपुरधाम, धनुषाधाम, बर्दिबास आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम रहेको छ । कार्यक्रम सफल पार्न वीरगञ्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले समन्वय गरेका छन् ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नाराका साथ पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा स्थापित टेवानले विविध कार्यक्रम गर्दै आएको छ ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया