
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग गरे । उनले मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका प्रमुखमार्फत चाँडै नै उडान निरन्तरतामा पहल गर्नुपर्ने उनको भनाइ थियो । २ वर्षअघि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लालबाबु राउतको पालामा बुद्ध एयरले दुई सहरबीच उडान सुरु गरे पनि १ वर्षयता रोकिएको छ । नेपालका ६ महानगरमध्ये पोखरा र वीरगञ्जबीच आपसमा धार्मिक एवं पर्यटकीय सम्भावना छन् ।
प्रमुख अतिथि टेवान अध्यक्ष कमला गिरीले पोखरा र वीरगञ्जका उद्योग व्यवसायीबीच आपसी सहकार्यमा जोड दिइन् । उनले गण्डकीका ११ वटै जिल्लामा टेवानको कार्यक्रम भए पनि अन्तरप्रदेशबीच पनि विविध पर्यटनसम्बद्ध कार्यक्रम गर्नुपर्छ भन्ने सोचका लागि पहिलो पल्ट कार्यक्रम लिएर मधेश प्रदेश आएको बताइन् । वीरगञ्ज औद्योगिकमात्र नभई धार्मिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको ठाउँ रहेकोले पर्यटनको राधजानी पोखरासँग विविध विषयमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन र संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले संघका गतिविधिबारे बताए । कार्यक्रममा टेवान सचिव एवं पर्यटन प्रवद्र्धन कार्यक्रम संयोजक शोभा अधिकारी पौडेल, टेवान उपाध्यक्ष प्रभा सुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघ सदस्य नीलम सिंह, अर्का सदस्य अनुज अग्रवाल लगायतले दुवै सहरको पर्यटकीय सम्भावनाका बारेमा बोलेका थिए ।
अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रियाका लागि बिहीबार पोखराबाट भ्रमणका लागि निस्केको टेवानको टोलीमा संस्थामा आबद्ध सदस्यसहित विभिन्न संघसंस्थाका गरी करिब २२ जना सहभागी छन् ।टोलीले भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै सरोकारवालासँग अन्तरक्रिया गर्ने टेवान अध्यक्ष कमला गिरीले बताइन् । त्यस क्षेत्रका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पर्यटन संघसंस्था, धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहनेछ ।
साथै, टोलीले गढीमाई मन्दिरसहित भरत ताल, जनकपुरधाम, धनुषाधाम, बर्दिबास आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम रहेको छ । कार्यक्रम सफल पार्न वीरगञ्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले समन्वय गरेका छन् ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नाराका साथ पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा स्थापित टेवानले विविध कार्यक्रम गर्दै आएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया