
१“विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, झण्डै दुई करोड बजेट रकमान्तर”
२आठौं पर्वत महोत्सव दोस्रो दिन: चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने
३आठौ पर्वत महोत्सव आज देखी शुरु
४पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
५हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
६गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
७“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
८जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
९एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
१०पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
११पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१२दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
६सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
७वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
८कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
९मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
१०एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
११मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै
१२बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता
स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।
‘दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ’, उनले भने, ‘त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।’
कोरियाबाट ड्रागनखेती गर्छु भन्ने सङ्कल्पका साथ गाउँ आएका उनले दुई वर्षअघि तीन सय बिरुवा लगाएका थिए । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन् ।
‘नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ’, उनले भने, ‘गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।’
सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनी बताउँछन् । प्रतिकेजी पाँच सय रुपैयाँका दरले बिक्री गर्दै आएका उनी मागअनुसार आपूर्ति गर्न नसकको बताउँछन् ।
६ लाखको लागतमा व्यावसायिक खेती थालेका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न रु तीन लाख उपलब्ध गराएको छ । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको उनले बताए ।
उनले ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग (फेछु) र चिनियाँ साग पनि लगाएका छन् । ‘ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ’, उनले भने, ‘तीन–तीन महिनामा साग बेचेर रु एक लाख आम्दानी गर्दै आएको छु ।’
साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । उनले फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आएका छन् । काटेर सुकाएको सेतोपाती प्रतिकेजी एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
‘अहिले उत्पादन भएको ड्रागन फ्रुटलगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु’, उनले भने ।
१इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
२चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
३पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
४पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
५‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
प्रतिक्रिया